राष्ट्रियसभा सांसद बन्ने बामदेव मन्त्री बन्न भने नपाउने, यस्तो छ संवैधानिक व्यवस्था
काठमाडौं । बिहीबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले यस अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै पार्टी उपाध्यक्षलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्यो।
वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै अर्थमन्त्री खतिवडाको बिदाई हुने छ। खतिवडाको कार्यकाल भदौ २० मा सकिँदै छ। राष्ट्रियसभामा एक पद खाली भएकोले त्यस ठाउँमा गौतमलाई मनोनीत गर्नका लागि सिफारिस गर्ने निर्णय भयो। पछिल्लो छ महिना यता अर्थमन्त्री खतिवडा राष्ट्रियसभाको सदस्य नभई मन्त्री भएका हुन्।
सरकारका प्रवक्तासमेत रहेका खतिवडालाई २०७४ फागुन २१ मा पहिलो पटक संविधानको धारा ८६(२) बमोजिम राष्ट्रियसभाको सदस्य मनोनित गरिएको थियो। गोला प्रथाद्वारा छानिँदा राष्ट्रियसभाका लागि खतिवडाको कार्यकाल जम्मा २ वर्षका लागि मात्रै भयो। उनको कार्यकाल २०७६ फागुन २० मा सकियो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुनः ६ महिनाका लागि मन्त्री बनाइयो। यसपटकको मनोनित अवधि पनि भदौ २० मा सकिँदैछ ६ महिनाका लागि भने संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि नेपालको संविधानको धारा ७८ (१) लाई टेकेर मन्त्री बन्न सक्ने व्यवस्था छ।
यही धारा अनुसार पछिल्लो ६ महिनाका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्री बनाएका थिए।
वामदेव मन्त्री बन्न पाउँदैनन् !
ठूलो जोडबल पछि बल्लतल्ल सांसद बन्ने पक्का भएका गौतम मन्त्री बन्न भने संविधानले छेकेको छ। भोलिबाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यको एक पदमा वामदेव गौतमलाई मनोनित गरे पनि उनी मन्त्री बन्न संविधानको धारा ७८ (४) ले पूर्ण रुपमा रोक लगाएको छ। मन्त्री बन्नका लागि कि प्रतिनिधिसभा सदस्य हुनुपर्छ कि त राष्ट्रियसभा सदस्य हुनुपर्छ।
वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि पनि उनको हकमा संविधानको धारा ७८ (४) बाधक बन्नेछ। त्यसो त वामदेव राष्ट्रियसभा सदस्य भइसकेपछि सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मेवारी लिने आफ्नो उदेश्य रहेको बताउँदै पनि आएका छन्। ‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि योग्य हुनेछैन’ संविधानको धारा ७८ (४) मा भनिएको छ।
संविधानको यही व्यवस्था अनुसार वामदेव चुनाव हारेका व्यक्ति भएकोले मन्त्री बन्न पाउँदैनन्। बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका नेता तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमले वामदेवलाई ७५३ मतले हराएका हुन्।
यस्तो छ संवैधानिक व्यवस्थाः
संविधान विद् भिमार्जुन आचार्य प्रतिनिधिसभाको चुनाव हारेको व्यक्ति राष्ट्रियसभा सदस्य बन्न सके पनि मन्त्री बन्न कुनै हालतमा नसक्ने बताउँछन्। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसको विषयमा नेपालको संविधानको धारा ७६ (९), धारा ७८ (१), धारा ७८ (४) मा स्पष्ट पारेको आचार्य बताउँछन्।
धारा ७६ (९) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यहरु मध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्ने छ।’ त्यस्तै धारा ७८ (१) मा भनिएको छ, ‘धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ।’ धारा ७८ को उपधारा १ मा जे लेखिए पनि तत्काल कायम रहेको प्रतिनिधिसभामा पराजित भएको व्यक्ति प्रतिनिधिसभाको त्यस कार्यकाल भरी मन्त्री पदमा नियुक्त हुन नपाउने उल्लेख छ।
धारा ७८ को उपधारा ४ मा भनिएको छ, ‘उपधारा १ (७८ (१)मा) जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिको लागि योग्य छैन।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












