क्याबिनेटमा ओली र युवराजका माया प्रेमका कुरा
काठमाडाैँ । केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भने, ‘यो आक्रोश मप्रतिको हो ।’
राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट ।
प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो । तपाईंको केही दोष होइन । अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो । चिन्ता नगर्नुस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीनपटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहो¥याए ।
युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे । र, भने, ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुप-यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठूलो हल्ला फिँजाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चिन्ता नलिनुस् । आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका हल्लाहरूमा सत्यता छैनन् ।’
यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश ग-यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश भए । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो । राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले, ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् !’ एकछिन अड्किएर फेरि गुन्गुनाए, ‘के भनौँ र ? यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ ?’
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












