नेपाल समूहको नयाँ रणनीति : प्रचण्डको ‘कार्यकारी’ अधिकारको परीक्षण गर्ने
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका अर्को प्रमुख खेलाडी माधवकुमार नेपाल समूहले तत्कालका लागि प्रचण्डको ‘कार्यकारी’ परीक्षण गर्ने रणनीति अंगीकार गर्ने भएको छ ।
नेकपाको पछिल्लो विवादमा प्रचण्डसँग कार्यगत सहकार्यमा रहेको नेपाल समूह तत्कालका लागि उनको कार्यकारी भूमिका परीक्षण गर्ने निष्कर्षमा देखिएको हो । परिमार्जित प्रतिवेदनमा प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका प्रस्ताव छ । स्थायी कमिटी बैठकमा अनुमोदनपछि यो कार्यान्वयनमा जानेछ ।
ओली र प्रचण्डले पार्टी विवाद समाधान गर्न गठन गरेको ६ सदस्यीय कार्यदलको प्रतिवेदनलाई आधार मानेर विवाद अन्त्य र एकताका लागि सहमतिको प्रस्ताव तयार पारेपछि नेपाल समूह तत्कालका लागि सहमति कार्यान्वयन अवस्था हेर्ने रणनीतिमा पुगेको हो । पछिल्लोपटक प्रचण्डकै चाहनाअनुसार कार्यकारी अधिकार मूर्त बनाइएको र त्यसमा उनको सहमति रहेको नेपाल समूहको बुझाइ छ । त्यही कारण शुक्रबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल समूह समस्या समाधानमा प्रतिवेदन सकारात्मक रहे पनि कतिपय विषय अझै अमूर्त रहेको धारणा राख्ने तयारीमा छ ।
तर, थप विवाद चर्काउने गरी कुनै लिखित असहमति र आक्रामक प्रस्तुति नदिने उनीहरूको योजना छ । प्रतिवेदनप्रति पूर्ण सन्तुष्टि नरहे पनि कार्यदलमा निकट नेताहरू सुरेन्द्र पाण्डे र भीम रावल रहेको, कार्यदललाई सचिवालयबाट अनुमोदन गराइएको, कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा नेपालसहितका नेताले आफ्नो मत राखेको र त्यसैअनुसार परिमार्जित प्रतिवेदनमा समेत थप धारणा राख्ने अवसर दिइएकाले नेपाल समूह आक्रामक रूपमा प्रस्तुत नहुने निष्कर्षमा पुगेको हो । यसअघि कार्यदलले बुझाएको सुरुको प्रतिवेदनमाथि १८ भदौको सचिवालय बैठकमा नेता नेपालले सुधारका लागि भन्दै १५ बुँदे मत राखेका थिए ।
यो सामाचार आज नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












