प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकारात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ।
आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन्। कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ। कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई कुलमानलाई पुन: नियुक्ति गर्न विषयमा आनाकानी गर्दा कुलमानलाई पुन: नियुक्ति गर्ने विषय अन्योल भएको थियो। शुक्रबार सत्तारूढ पार्टी नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानबारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।
‘हिजोको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएपछि कुलमान सरलाई नै पुन: नियुक्ति दिने काम अघि बढेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई पुन: नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।’
हिजोको छलफलपछि प्रधानमन्त्रीले पनि कुलमानलाई नै पुन: नियुक्ति गर्नका लागि आवश्यक तयारी गर्न मन्त्री पुनलाई निर्देशन दिएको मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।
‘कुलमानलाई नै पुन: नियुक्ति गर्ने तयारी गर्नुस्,’ प्रधानमन्त्रीलाई उदृत गर्दै भट्टले भने। भट्टले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले कुलमानलाई नियुक्ति दिने तयारी छ। यसअघि, गत बिहीबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री पार्टीको बैठकको लागि व्यस्त रहेकाले शुक्रबारको लागि सरेको थियो। शुक्रबार पनि नेकपाको स्थायी कमिटी बैठक भएकोले बैठक आइतबारको लागि सरेको छ। आइतबार बैठक नबसे सोमबार पक्का बस्ने बताइएको छ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। विद्युत् प्राधिकरणको नियमावलीमा पुन: नियुक्तिको व्यवस्था भने छैन। ‘प्राधिकरणको नियमावलीमा पुन: नियुक्ति गर्ने भन्ने कार्यव्यवस्था केही उल्लेख छैन,’ ऊर्जा मन्त्रालय स्रोत भन्छ, ‘अब फेरि कुलमान सर नियुक्ति हुँदा नयाँ व्यक्ति नियुक्ति भए जस्तै नै हो। नियमावलीमा मन्त्रिपरिषदले सिधै नियुक्ति गर्न मिल्ने व्यवस्था छ।’
नेपालमा १८ घण्टा बढी लोडसेडिङ भइरहेको समयमा विद्युत् प्राधिकरण सम्हाल्न आइपुगेका घिसिङले नेपाललाई लोडसेडिङमुक्त पारेका हुन्। त्यस्तै, घाटामा रहेको प्राधिकरणलाई अर्ब नाफा गर्ने संस्थाको रुपमा पनि पुर्याएका छन्।
घिसिङले केही दिनअघि मात्रै प्रधानमन्त्री र ऊर्जामन्त्रीको सहयोगले सफल भएको बताएका थिए।
त्यस्तै, गत बुधबार मात्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा पनि प्रचण्डले कुलमानलाई पुन: नियुक्ति दिनुपर्ने प्रस्ताव राखेको बताइएको छ। प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएको बुझिएको छ।
प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकारात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने सन्तोष अधिकारी
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












