प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकारात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ।
आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन्। कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ। कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई कुलमानलाई पुन: नियुक्ति गर्न विषयमा आनाकानी गर्दा कुलमानलाई पुन: नियुक्ति गर्ने विषय अन्योल भएको थियो। शुक्रबार सत्तारूढ पार्टी नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानबारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।
‘हिजोको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएपछि कुलमान सरलाई नै पुन: नियुक्ति दिने काम अघि बढेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘उहाँलाई पुन: नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदका लागि चाहिने आवश्यक कागजात ऊर्जा मन्त्रालयले तयार पारिसकेको छ।’
हिजोको छलफलपछि प्रधानमन्त्रीले पनि कुलमानलाई नै पुन: नियुक्ति गर्नका लागि आवश्यक तयारी गर्न मन्त्री पुनलाई निर्देशन दिएको मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।
‘कुलमानलाई नै पुन: नियुक्ति गर्ने तयारी गर्नुस्,’ प्रधानमन्त्रीलाई उदृत गर्दै भट्टले भने। भट्टले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले कुलमानलाई नियुक्ति दिने तयारी छ। यसअघि, गत बिहीबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री पार्टीको बैठकको लागि व्यस्त रहेकाले शुक्रबारको लागि सरेको थियो। शुक्रबार पनि नेकपाको स्थायी कमिटी बैठक भएकोले बैठक आइतबारको लागि सरेको छ। आइतबार बैठक नबसे सोमबार पक्का बस्ने बताइएको छ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए। विद्युत् प्राधिकरणको नियमावलीमा पुन: नियुक्तिको व्यवस्था भने छैन। ‘प्राधिकरणको नियमावलीमा पुन: नियुक्ति गर्ने भन्ने कार्यव्यवस्था केही उल्लेख छैन,’ ऊर्जा मन्त्रालय स्रोत भन्छ, ‘अब फेरि कुलमान सर नियुक्ति हुँदा नयाँ व्यक्ति नियुक्ति भए जस्तै नै हो। नियमावलीमा मन्त्रिपरिषदले सिधै नियुक्ति गर्न मिल्ने व्यवस्था छ।’
नेपालमा १८ घण्टा बढी लोडसेडिङ भइरहेको समयमा विद्युत् प्राधिकरण सम्हाल्न आइपुगेका घिसिङले नेपाललाई लोडसेडिङमुक्त पारेका हुन्। त्यस्तै, घाटामा रहेको प्राधिकरणलाई अर्ब नाफा गर्ने संस्थाको रुपमा पनि पुर्याएका छन्।
घिसिङले केही दिनअघि मात्रै प्रधानमन्त्री र ऊर्जामन्त्रीको सहयोगले सफल भएको बताएका थिए।
त्यस्तै, गत बुधबार मात्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीचको छलफलमा पनि प्रचण्डले कुलमानलाई पुन: नियुक्ति दिनुपर्ने प्रस्ताव राखेको बताइएको छ। प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री सकारात्मक भएको बुझिएको छ।
प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकारात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने सन्तोष अधिकारी
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












