कोरोना संक्रमणको सबैभन्दा तीव्र वृद्धि भारतमाः डब्लुएचओ
एजेन्सि । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ।
संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।
संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन्।
यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ।
रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ।
यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ। योसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ।
संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ। संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ।
संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।
उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ। यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो।
संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृत्यु हुँदै आएको जनाएको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












