कोरोना संक्रमणको सबैभन्दा तीव्र वृद्धि भारतमाः डब्लुएचओ
एजेन्सि । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ संक्रमित थपिएको जनाएको छ।
संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।
संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन्।
यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ।
रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ।
यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ। योसँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ।
संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनाइ छ। संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ।
संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।
उसको रिपोर्ट अनुसार अगस्ट महिनामा मात्र भारतका करिब २० लाख मानिसमा कोरोना पुष्टि भएको छ। यो महामारी सुरू भएयता एकै महिनामा पुष्टि भएको सर्वाधिक संक्रमित संख्या हो।
संगठनले सेप्टेम्बर महिनाको सुरूवातदेखि नै भारतमा औषतमा प्रतिदिन हजार बढी मानिसको कोरोनाका कारण मृत्यु हुँदै आएको जनाएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












