क्याबिनेट निर्णय: मन्त्रीहरु नै बेखबर
काठमाडाैँ । क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा। खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त भएका हुन् । यससँगै गम्भीर प्रश्न उठेको छ कि, क्याबिनेट बैठकमा पेश भएका प्रस्ताव र सार्वजनिक हुने निर्णय फरक हुने ! सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाए ।
तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ । डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् !
बालुवाटारस्रोतले बताएअनुसार अर्थ मन्त्रालयमा डमीका रुपमा एक महिला माननीयलाई राज्यमन्त्रीका रूपमा पठाउने र प्रधानमन्त्रीका विशेष सल्लाहकारका रुपमा मन्त्रालयचाहिँ डा. खतिवडाले चलाउने कुरा उल्लेख थियो ।
स्रोतका अनुसार प्रधानमन्त्रीले फेरि आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपाबृत्तमा व्यापक विरोध भयो । त्यसपछि उहाँ त्यस्तो कदमबाट पछाडि हट्नु भएको छ ।
यो सामाचार आजको जनआस्थामा छापिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












