अब नेकपा सचिवालयका सबै नौ सदस्य सांसद
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै (नौ जना) सदस्य संघीय संसद सदस्य भएका छन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित सदस्यमा राष्ट्रियसभामा प्रवेश गराएपछि सचिवालयको सबै सदस्य संसद प्रवेश गरेका हुन्। बर्दियाबाट प्रत्यक्ष निर्वाचनमा पराजित भएका उपाध्यक्ष गौतमलाई आजै राष्ट्रियसभामा प्रवेश गराइएको हो। उनले राष्ट्रियसभा सदस्यको सपथ समेत ग्रहण गरिसकेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। त्यसअघि भदौ १८ गतेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रियसभा सिफारिस गर्ने निर्णय गरेकोे थियो। आजबाट उपाध्यक्ष गौतम संसद प्रवेश गरेपछि नौ सदस्य रहेको सचिवालयमा सबै संसद प्रवेश गरेका हुन्। यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठ फागुनमा भएको राष्ट्रियसभाका निर्वाचनबाट संसद प्रवेश गरेका थिए।
उनले प्रत्यक्ष तर्फको निर्वाचनमा गोरखाबाट डा. बाबुराम भट्टराईसँग हार व्यहोरेको थिए। प्रवक्ता श्रेष्ठ संसद गएपछि उपाध्यक्ष गौतम मात्रै संसद बाहिर थिए। सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












