बालुवाटारमा ओली-प्रचण्डको ३ घण्टा, यी विषयमा भयो विस्तृत छलफल
काठमाडाैँ । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएपछि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश, मन्त्रिमण्डल पुनर्गठन र देशभर बाढी पहिरोबाट भएको जनधनको क्षति, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
सर्वाेच्च अदालतले बुधबार गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्तिलाई यथास्थितिमा राख्न आदेश दिएको थियो।
निर्वाचन हारेका गौतमलाई राष्ट्रिय सभामा गरिएको नियुक्तिविरुद्ध परेको रिटमाथि न्यायाधिश आनन्दमोहन भट्टराईको इजलाशले बुधबार त्यसबारे अन्तरिम आदेश गरेको हो।
कार्यकारी अध्यक्ष प्रचण्डले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय पार्टीले नै गरेको हुँदा त्यस मुद्दामा पार्टीले तयारी गरेर बहस गर्नुपर्ने बताएको स्रोतले जनाएको छ।
साढे ११ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच पार्टी एकताका बाँकी काम सम्पन्ने गर्नेबारे पनि छलफल भएको छ।
मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताको काम १० दिनभित्र सकाउनेगरी कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो।
बुधबार दिनभर प्रचण्डले पार्टी एकताका बाँकी काम, संगठनसम्बन्धी विषयहरु, संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीहरुको अवस्था आदिबारे अध्ययन गरेको उनीनिकट स्रोतले बतायो।
उनले एकताका लागि गरिएका निर्णय, पदीय बाँडफाटको मोडालिटीबारेमा पनि बुधबार दिनभर पार्टी निर्णयसम्बन्धी दस्तावेजहरु अध्ययन गरेका हुन्।
बिहीबार महासचिव विष्णु पौडेललाई पार्टी कार्यालय धुम्बाराही पठाएर प्रचण्डले डकुमेन्टेसनको (दस्तावेजीकरण) काम सुरु गर्न सुझाव दिएका थिए। पौडेल बिहीबार दिउँसोसम्म पार्टी कार्यालय धुम्बाराहीमै थिए।
भेटर्वार्तामा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर लामो कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।
‘उहाँहरुबीच मन्त्रिमण्डल पुनर्गठनमै केन्द्रित रहेर पहिलो पटक विस्तृत कुराकानी भएको हो,’ स्रोतले भन्यो, ‘के भयो भन्ने सबै जानकारी नभए पनि पुनर्गठनको विषय छिट्टै टुंगोमा पुग्ने सम्भावना देखिन्छ।’
दुई अध्यक्षबीच कुन मोडेलमा कसरी मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्ने टुंगो भने लागेको छैन।
प्रचण्डले अहिले भएका सबै मन्त्री हटाएर जानुपर्नेमा जोड दिएका छन्। त्यसो गर्दा सरकारमा आवश्यक पर्ने तथा कार्यसम्पादन राम्रो भएका र निरन्तरता दिनैपर्ने सिनियरहरुलाई पुनः ल्याउन सकिने प्रचण्डको प्रस्ताव रहेको नेताहरुको भनाइ छ। तर त्यसमा ओली सहमत नभएको स्रोतले बतायो।
असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको थियो।
स्थायी समितिको बैठककै निर्णयको स्प्रिटअनुसार नै छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने सो बैठकको निष्कर्ष थियो।
प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरुलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुन समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरुलाई बिदाई गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा पुनर्गठन गर्ने विकल्पहरुमा छलफल गरी त्यसको निर्णय गर्ने जिम्मेवारी ओली र प्रचण्डलाई दिइएको थियो।
संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयमा नेपाली कांग्रेससँग छलफल गर्दा प्रस्तुत गरिने विषयबारे पनि दुई अध्यक्षबीच आपसी छलफल भएको छ।
अहिले १३ संवैधानिक आयोगमा ४० सिट रिक्त छन्।
नेपाली कांग्रेसले दुई आयोगको प्रमुखसहित सबैमा सदस्य माग गरिरहेको स्रोतहरुको भनाइ छ।
नेकपा सचिवालय बैठकले लामो समयदेखि रिक्त संवैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा छिटो नियुक्ति गर्न पनि भनेको थियो।
देशभर गएको बाढी पहिरोमा परेकाको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनेबारे पनि दुई अध्यक्षबीच छलफल भएको थियो। त्यसबारे पार्टी र सरकारले ठोस कार्यक्रम ल्याउनेबारे दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ।
कस्तो कार्यक्रम ल्याउने भन्ने निर्णय बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले तय गर्ने स्रोतले भन्यो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












