मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्।
सोही विषयमा अहिले प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।
‘दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको हो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘आजको छलफलपछि उहाँहरू टुङ्गोमा पुग्ने सम्भावना छ।’ मन्त्रिमण्डल पुनर्गठनका लागि दुई नेता लगातार भेटवार्ता र संवाद हुँदै आएको छ। बिहीबार मात्रै दुई अध्यक्षबीच झन्डै तीन घण्टा छलफल भएको थियो। उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भए पनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।
गत आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रस्ताव गरेको थियो। बैठकमा सबै मन्त्री फेर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने र नयाँ राख्ने, राम्रा काम गरेकालाई निरन्तरता दिने लगायतका विभिन्न विकल्प प्रस्तुत भएको थियो। तर, निष्कर्ष भने निस्किन सकेन। सोही विकल्पमा रहेर मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई दिइएको थियो। दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनको गठनको तयारी थालेका हुन्।
केही समयभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ। मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताका सन्दर्भमा १० दिन भित्र ठोस कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको थियो। त्यस्तै खाली रहेका संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानको मर्मअनुसार चाँडो गर्न सरकारलाई सुझाव दिएको थियो। ओली प्रचण्डबीचको बिहीबारको भेटवार्तामा समेत यसबारे छलफल भएको बुझिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












