‘बाटो नबनाउने बदमास ठेकेदार, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?’
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्।
सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ।
जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘एउटा बद्मास ठेकेदारले बाटो बनाउँदैन तर दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा लगाउने ?’ कयौँ विकास आयोजनामा ठेकेदारले समयमा काम नगर्दा सरकार आलोचित हुनुपरेको भन्दै मन्त्री नेम्वाङले अब सरकारले कसैलाई पनि छुट दिन नसक्ने बताए।
‘प्रधानमन्त्रीज्यूले शिलान्यास गर्नुभएको राँके-रवि-भेडेटार सडकको अहिलेसम्म ३२ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा जम्मा सात प्रतिशत मात्रै छ,’ नेम्वाङले भने, ‘ठेकेदारले काम नगर्दा रकम जुटाउने, शिलान्यास गर्ने र जनतालाई सुविधा पुर्याउन खोज्ने प्रधानमन्त्रीज्यूले गाली खानुपर्ने अवस्था अब अन्त्य हुन्छ।’
समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारवाही हुन थालेको बताउँदै मन्त्री नेम्वाङले अब पनि छुट पाइन्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरे। यस्तै जिम्मेवारी पूरा नगर्ने तालुकदार निकायसमेत कारवाहीको भागीदार बन्नुपर्ने उल्लेख गर्दै मन्त्री नेम्वाङले कोभिड-१९ को महामारीका बीच पनि निरन्तर कार्यक्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी निकायलाई धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री र सरकारको सोचअनुसार पूर्व-पश्चिम रेल सञ्चालन गरेरै छोड्ने मन्त्री नेम्वाङको दृढता छ। यसका लागि रेलमार्ग डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) को काम भइरहेको उनले जानकारी दिए। पछिल्लोपटक खरिद गरिएका दुई वटा रेलका विषयमा उठ्ने गरेका प्रश्नहरुको ठट्यौली पारामा जवाफ दिँदै उनले कागजको टुक्रा नभई मुलुक साँच्चिकैको रेल सञ्चालन गर्ने चरणमा पुगेको बताए।
‘साँच्चै रेल ल्यायो, एक दुई दिन त चुप लाग्छन्, फेरि ९३ वर्षअघिको रेल हो नि भन्न थाल्छन्,’ मन्त्री नेम्वाङले भने, ‘यो त कम्प्युटरबाट चल्ने रेल हो भनेर देखायो, यो त २० करोडमा आइहाल्थ्यो नि भनेर आफैँ दाम राख्छन्।’ सरकार ‘एक्सन ओरियन्टेड’ भएको बताउँदै मन्त्री नेम्वाङले जनतालाई सेवा र सुविधा पुर्याउनकै लागि पूर्वाधार निर्माणमा विशेष जोड दिइएको बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












