हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
‘कुनै पनि ठूला निर्णय गर्दा मन्त्रीसँग छलफल गरेरमात्रै निर्णय गर्न निर्देशन भएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतले भन्यो, ‘हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने निर्देशन भएको छ।’
मन्त्री भट्टराईले महानिर्देशक पोखरेललाई सचिव केदार बहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला निर्णय गर्नुपहिले मन्त्रीसँग छलफल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।
मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ पाएका एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशन दिएका छन्।
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाएको छ। वायुसेवा निगमको मुख्य आयस्रोत रहेको ग्राउण्ड हेन्डलिङ अरुलाई दिँदा निगमको आम्दानी गुम्ने भन्दै विरोध भएको थियो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












