हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
‘कुनै पनि ठूला निर्णय गर्दा मन्त्रीसँग छलफल गरेरमात्रै निर्णय गर्न निर्देशन भएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतले भन्यो, ‘हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने निर्देशन भएको छ।’
मन्त्री भट्टराईले महानिर्देशक पोखरेललाई सचिव केदार बहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला निर्णय गर्नुपहिले मन्त्रीसँग छलफल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।
मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ पाएका एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशन दिएका छन्।
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाएको छ। वायुसेवा निगमको मुख्य आयस्रोत रहेको ग्राउण्ड हेन्डलिङ अरुलाई दिँदा निगमको आम्दानी गुम्ने भन्दै विरोध भएको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












