मन्त्रिपरिषद् पुनर्गठनमा ओली-प्रचण्डका आ-आफ्नै अडान : ल्याउनभन्दा हटाउन सकस
काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ मन्त्री बनाउनभन्दा भएका मन्त्रीलाई हटाउन सकस भएको छ।
हाल मन्त्री पदको जिम्मेवारीमा भएकालाई हटाउने बलियो मापदण्ड बनाउन नसक्दा नयाँ मन्त्री ल्याउने विषय अझसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन। मन्त्रिपरिषद् पुनर्गठनको विषयमा शीर्ष नेतृत्व तह निष्कर्ष पुग्न नसे पनि मन्त्रीका आकांक्षी नेकपाका नेताहरूले भने दौडधुपलाई तीव्रता दिएका छन्।
ओली-प्रचण्डले पुनर्गठनकै विषयमा चार दिनयता निरन्तर छलफल गर्दा समेत अझै निष्कर्ष निस्कन सकेको छैन। मंगलबारसमेत ओली-प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनकै विषयमा प्रधानमन्त्री निवासमा छलफल गर्ने तय भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। तर दुवै जना नेताहरू मन्त्रिपरिषद पुनर्गठनको विषयलाई धेरै नलम्ब्याउने पक्षमा रहेको उनको भनाइ छ।
अहिले भएका मन्त्रीलाई कुन आधार बनाएर हटाउने भन्ने विषयमा दुई अध्यक्षबीच एक मत हुन नसक्दा समस्या बल्झिएको हो। नेकपा सचिवालय बैठकले योग्यता, क्षमता र अनुभवका आधारमा पुनर्गठन गर्न अमूर्त सुझाव दिएकाले ठोस निष्कर्षमा पुग्न ढिलाइ भएको ओली निकट मानिने एक जना केन्द्रीय सदस्यले बताए।
‘कुनै मन्त्रीको कुनै पक्ष राम्रो छ कुनै पक्ष नराम्रो छ। मन्त्री हटाउने भनेर मात्रै हुँदैन। प्रधानमन्त्रीलाई सहयोग पुग्ने मन्त्री पनि चाहियो। पार्टीमा समीकरण कायम राख्न गुट मिलाउनै पर्यो। समावेशी भएन भनेर प्रश्न गर्छन्। भएका मन्त्रीलाई हटाउन त्यति सजिलो छैन,’ प्रधानमन्त्री निकट ती नेताको भनाइ छ, ‘प्रधानमन्त्रीज्यू र पार्टी अध्यक्षज्यूले छलफल गरिरहनु भएको छ। दुई अध्यक्ष छिट्टै निष्कर्षमा पुगेपछि पुनर्गठन होला।’
यसअघिको मन्त्रिपरिषद् पुनर्गठन विवादित भएकाले विवादरहित ढंगले पुनर्गठन गर्न दुई अध्यक्षद्वय लागेको ती केन्द्रीय सदस्यले उल्लेख गरे। ‘यसअघि गत मंसिर ४ गते मन्त्रिपरिषद पुनर्गठन गर्दा कतिपय मन्त्रीलाई काम गर्न नसकेर हटाइयो। तर, कतिपय मन्त्रीले यसअघि हटाएका मन्त्री जति पनि काम गर्न सकेनन्,’ उनले भने, ‘अब हटाउन त्यस्तो गल्ती नदोहोरियोस् भन्ने छ। अब हटाउँदा प्रधानमन्त्रीज्यू, सरकार र पार्टी कतै असर नपर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने छ।’
५ देखि १२ जना नयाँ मन्त्री ल्याउने संभावना
मन्त्रिपरिषद पुनर्गठन भए थोरैमा ५ जना र धेरैमा १२ जना मन्त्री बन्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘अहिले भएका मन्त्री नहटाउने भन्ने भएमा रिक्त भएका अर्थ, सञ्चार र सहरी विकासगरी तीन मन्त्री नयाँ आउँछन्।
त्यस्तै उर्जा र उद्योग मन्त्रालय फुटाएर थप दुई जना नयाँ मन्त्री बनाउनले गरी पनि छलफल भएको छ। तर यो निष्कर्षमा पुगिसकेको भने होइन,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यदि त्यो मापदण्ड कायम हुन नसकेमा ५ मन्त्रीसहित अरु ६ जना भन्दा धेरै मन्त्रीलाई बिदा गरेर ११/१२ ले मन्त्री बन्ने अवसर पाँउछन्।’
तर,ओली प्रचण्डबीच कति मन्त्री हटाउने भन्ने बारेमा एक हुन नसक्दा संख्या यकिन हुन ढिलाइ भएको हो। प्रधानमन्त्री ओलीले विवादित भएपनि आफू निकटका मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नहटाउने अडान लिएका छन्।
प्रधानमन्त्रीले हटाउन चाहेका मन्त्रीमा श्रममन्त्री रामेश्वर राय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, र भूमीमन्त्री पद्मा अर्याल रहेको प्रधानमन्त्री निकटका एक मन्त्रीले बताए।
तर, अध्यक्ष प्रचण्डले रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, श्रममन्त्री रामेश्वर राय यादव र भूमिमन्त्री पद्मा अर्याललाई हटाउन चाहेका छन्। अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउनुपर्ने अडान राखेको बताइएको छ। प्रधानमन्त्री ओलीले गौतम र श्रेष्ठलाई मन्त्री बनाउन आनाकानी गरेकाले मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ भइरहेको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












