ओली–प्रचण्डबीच भेटवार्ता एकाएक स्थगित
प्रचण्डनिकट स्रोत भन्छ- प्रधानमन्त्रीको एउटै कुरा सुन्न किन भेट्नू ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको नियमित वार्तामा ब्रेक लागेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुईजना अध्यक्षबीच आज भेटवार्ता हुने र मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । तर, दुई अध्यक्षबीच आज वार्ता, छलफलको सम्भावना नरहेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।
“प्रधानमन्त्री ओली पछिल्लो चार दिन एउटै अडानमा हुनुहुन्छ । विषयमा गम्भीरताका साथ कुराकानी हुने पनि होइन । उहाँ प्रचण्डको प्रस्तावमा सहमत नभएसम्म वार्ताको औचित्य पनि छैन,” स्रोतले भन्यो ।
दुई अध्यक्ष झण्डै एकसातादेखि निरन्तर वार्तामा छन् । मन्पिरिषद् पुनर्गठन गरेर स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तदारुकता देखाउने इच्छा देखाए पनि दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन ।
ओली केही मन्त्री राख्ने र केही फाल्ने सोचमा छन् । प्रचण्ड अपवादबाहेक सबै मन्त्रीहरूलाई हटाएर आवश्यकलाई पुनर्नियुक्ति दिउँ भन्ने अडानमा छन् । मोडालिटीमै मत बाझिएपछि आजको बैठक अनिश्चित बनेको स्रोतको भनाइ छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












