शहरीमा नजाने अर्थ पाए मात्र जाने पाण्डेको अडान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज सचिवालय बैठक बस्दै छ।
आज बस्ने सचिवालय बैठकमा पूर्ववर्ती एजेन्डा, राजदूत सिफारिस, पार्टी एकतालाई पूर्णता दिने प्रस्ताव आदिमा छलफल गर्ने कार्यसूची छ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालय पूर्ति गर्नेगरी मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय रिक्त छ। अर्थ र सञ्चार प्रधानमन्त्री आफैंले राखेका छन्। सहरी विकासको अतिरिक्त जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ। ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी प्रधानमन्त्री ओलीले गरेको स्रोतको दाबी छ।
यो तीन मन्त्रालयमा आजै र नभए भोलि नयाँ मन्त्री आउने्छन्। जसमध्ये अर्थमा विष्णु पौडेल पक्का छन्। बाँकी दुईमा प्रधानमन्त्रीले नेताहरुले जान चाहेमा जर्नादन शर्मा र सुरेन्द्र पाण्डेलाई लान खोजेका छन्। तर पाण्डेले शहरीमा नजाने अर्थ पाए मात्र जाने अडान लिइ नै रहेका छन्। उनले अन्तिम सम्म यही अडानमा टिकिरहेमा ओलीले सहरी विकासमा प्रभु शाहलाई लैजाने सम्भावना देखिएको छ।
केही दिनअघि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेको पाण्डे निकट स्रोतले जानकारी दिएको थियो। उनले त्यतिबेला अर्थबाहेक अन्यत्र नजाने बताएको पाण्डे निकट नेताहरू बताउँछन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












