रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्।
यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्।
व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए।
‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्यो। हाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौ,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
गुठी विधेयक चाँडो ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जति सक्दो छिटो...
-
विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त विभिन्न पाँच देशका राजदूतहरुले बुधबार राष्ट्रपती कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली...
-
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा एमालेबाट निलम्बीत डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेले पार्टीबाट निष्काशन भएपछि राजनीतिक...
-
प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल...
-
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय...
-
श्रमकाे सम्मान गर्दै विकासको गति अघि बढाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको...