कोरोनामुक्त विष्णु रिमाल भन्छन् : कोरोना केही होइन भन्नु अतिरञ्जना हो
काठमाडाैँ । कोरोना भाइरसबाट पाँच दिनमै मुक्त भएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्।
उनले कोरोना केही होइन भन्ने नठान्न आग्रह गर्दै फेसबुकमा लेखेका छन्, ‘ कोरोना केही होइन भन्नु अतिरञ्जना हो।’
यस्तो छ उनको अनुभव :
मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो
सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार!
कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ। कोही लक्षणसहितको संक्रमित हुनुहुन्छ। उहाँहरुको अनुभवले भन्छ- यसले पीडा दिन्छ, गाल्छ। ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुखसमेत हेर्न पाउँदैनन्। कोही लक्षणबिनाको संक्रमित हुनुहुन्छ। हप्ता/दश दिनमा भाइरसमुक्त! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ! पानीसानी खायो खलास्!!!
म पनि कोरोना संक्रमित भएँ। सतर्क रहँदारहँदै पनि कसरी संक्रमित भएँ? केवल अन्दाजै मात्र छ। लक्षणबिनाको संक्रमित- पहिलो दिन अलिअलि चिन्ता लाग्यो। आफ्नोभन्दा पनि आफ्नो परिवारका सदस्यको। संवेदनशील स्थान भएकाले आफूले काम गर्ने ठाँउको र होम आइसोलेसनमा रहेकाले छरछिमेकको!!!
मनमा आयो- अब के होला, अरुहरुले के सोचिरहेका होलान्? कसैलाई केही भइहाले म कति दोषाी ठहरिउँला? आदि।
सिङ्गो अवधिभरि केही पनि अप्ठ्यारो महसुस नगरी मैले आइसोलेसनको अवधि आज पार गरें। दोश्रोचोटिकाे पिसिआर परिक्षणबाट परिणाम “नेगेटिभ” आयो। खुसी लाग्यो, म कोरोनामुक्त भएँ।
मेरो अनुभवले भन्छ- कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो। तरीका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापर्बाहीमा ज्यानै जान्छ।
त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोश्रो, संक्रमितको उच्च मनोबल र तेश्रो धैर्यताको माग गर्छ।
यस्तो बेलामा आउने सल्लाह/सुझावहरु पनि रंगिविरङ्गी हुन्छन्। मन आत्तिएका बेला आएजति सबै सल्लाह पालन गर्छु, भनेजति सबैथोक खान्छु भन्नेतिर लागियो भने भद्रगोलमा परिन्छ। त्यसैले चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुहोस्। खालखालका सुझावको पछि नलाग्नुस्। मेरो विचारमा, विश्वास- अप्ठ्यारोबाट पार पाउन महत्वपूर्ण आधार हो।
मैले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरें। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ। हामी खिसिट्युरी गर्न मज्जा मान्छौं। तर पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रशस्त पिएँ।
राष्ट्रका अति सम्मानित व्यक्तित्वदेखि विभिन्न तह र तप्काका मलाई माया गर्नुहुने आदरणीय शुभेच्छुकहरुले “छिट्टै निको हुन” दिनुभएको शुभकामनालाई आड भरोसाको रुपमा लिएँ। म मा अरु रोग केही थिएन। दुई चिकित्सकहरुले सुझाउनु भएको उपायले मज्जाले काम गर्याे।
एउटा रमाइलो गरौं? संक्रमणको दोश्रो दिन लेखकरपत्रकार विजय कुमारले फोन गरेर भन्नु भयो– बधाई ब्रदर। मैले सोधें- कुन खुशीमा? उहाँले भन्नुभयो- २-४ दिनमा तपाई ठीक हुनुहुनेछ। त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खाज्दै यताउता भौंतारिने छन्। तपाई आफ्नै शरीरमा पैदाभएको ‘एण्टीबडी’को बलमा ४-६ महिना शानसँग काम गर्न पाउनु हुनेछ। अहिले आराम गर्ने, मेरो किताब- सम्बन्धहरु, पढ्ने ब्रो। मन चङ्गा भयो- कोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ।
लक्षण युक्त होस् या लक्षणविहीन, कोरोनामुक्त भएपछि के के नै लडाईँ जितेजस्तो अनुभूति हुँदो रहेछ। यस्तो बेलामा सतर्क हुनुपर्ने केही कुरा छन्। जस्तो कि निको हुनेले फुर्तिफार्ती गर्दै ‘मलाई त केही नै भएन, ह्या केही हुँदो रहेनछ, कोरोना न सोरोनाजस्ता हल्का टिप्पणी नगर्नुस्। केही नै नहुने त किन हुन्थ्यो र? कम्तीमा पनि अलि कमजोरी त फिल हुन्छ हुन्छ। महामारीको संक्रमणलाई सामान्यकृत गर्दा अनुशासन भत्किन्छ र त्यसले अनपेक्षित दुस्परिणाम निम्त्याउँछ भन्ने हामी कसैले पनि भुल्न हुँदैन।
आज आफू कोरोनामुक्त हुँदा देशभरका सबै सक्रिय संक्रमित दाजुभाइ दिदीबहिनीहरुलाई मेरा यी अनुभव भन्न चाहन्छु । र, उहाँहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। जो जसले यसअघि नै कोरोनाबिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । जसलाई पापी कोरोनाले जित्न दिएन, उहाँहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु। शीघ्र स्वास्थ्यलाभको शुभेच्छासहित, परिवारका सदस्य झैं मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबै आदरणीयहरुमा विनम्र आभार व्यक्त गर्दछु।
म त यस महामारीबाट हाललाई उम्किएँ, तर महामारी अझै फैलिँदो अवस्थामा छ।
आग्रह गर्न चाहन्छु- सतर्क होऔं, अनुशासित बनौं।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव पालना गरौं।
कोरानाबाट आफू बचौं र अरुलाई पनि बचाऔं।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












