कोरोनामुक्त विष्णु रिमाल भन्छन् : कोरोना केही होइन भन्नु अतिरञ्जना हो
काठमाडाैँ । कोरोना भाइरसबाट पाँच दिनमै मुक्त भएका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्।
उनले कोरोना केही होइन भन्ने नठान्न आग्रह गर्दै फेसबुकमा लेखेका छन्, ‘ कोरोना केही होइन भन्नु अतिरञ्जना हो।’
यस्तो छ उनको अनुभव :
मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो
सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार!
कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ। कोही लक्षणसहितको संक्रमित हुनुहुन्छ। उहाँहरुको अनुभवले भन्छ- यसले पीडा दिन्छ, गाल्छ। ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुखसमेत हेर्न पाउँदैनन्। कोही लक्षणबिनाको संक्रमित हुनुहुन्छ। हप्ता/दश दिनमा भाइरसमुक्त! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ! पानीसानी खायो खलास्!!!
म पनि कोरोना संक्रमित भएँ। सतर्क रहँदारहँदै पनि कसरी संक्रमित भएँ? केवल अन्दाजै मात्र छ। लक्षणबिनाको संक्रमित- पहिलो दिन अलिअलि चिन्ता लाग्यो। आफ्नोभन्दा पनि आफ्नो परिवारका सदस्यको। संवेदनशील स्थान भएकाले आफूले काम गर्ने ठाँउको र होम आइसोलेसनमा रहेकाले छरछिमेकको!!!
मनमा आयो- अब के होला, अरुहरुले के सोचिरहेका होलान्? कसैलाई केही भइहाले म कति दोषाी ठहरिउँला? आदि।
सिङ्गो अवधिभरि केही पनि अप्ठ्यारो महसुस नगरी मैले आइसोलेसनको अवधि आज पार गरें। दोश्रोचोटिकाे पिसिआर परिक्षणबाट परिणाम “नेगेटिभ” आयो। खुसी लाग्यो, म कोरोनामुक्त भएँ।
मेरो अनुभवले भन्छ- कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो। तरीका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापर्बाहीमा ज्यानै जान्छ।
त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोश्रो, संक्रमितको उच्च मनोबल र तेश्रो धैर्यताको माग गर्छ।
यस्तो बेलामा आउने सल्लाह/सुझावहरु पनि रंगिविरङ्गी हुन्छन्। मन आत्तिएका बेला आएजति सबै सल्लाह पालन गर्छु, भनेजति सबैथोक खान्छु भन्नेतिर लागियो भने भद्रगोलमा परिन्छ। त्यसैले चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुहोस्। खालखालका सुझावको पछि नलाग्नुस्। मेरो विचारमा, विश्वास- अप्ठ्यारोबाट पार पाउन महत्वपूर्ण आधार हो।
मैले किर्तिपुर आयुर्वेदिक अस्पतालका डा. रामआधार यादवले सुझाउनुभएको आयुर्वेदिक औषधि प्रयोग गरें। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिनुभएको सुझावलाई अपनाएँ। हामी खिसिट्युरी गर्न मज्जा मान्छौं। तर पत्याउनु हुन्छ? मैले त त्यही बेसार, कागती, गुर्जो, अदुवासहितको पानी प्रशस्त पिएँ।
राष्ट्रका अति सम्मानित व्यक्तित्वदेखि विभिन्न तह र तप्काका मलाई माया गर्नुहुने आदरणीय शुभेच्छुकहरुले “छिट्टै निको हुन” दिनुभएको शुभकामनालाई आड भरोसाको रुपमा लिएँ। म मा अरु रोग केही थिएन। दुई चिकित्सकहरुले सुझाउनु भएको उपायले मज्जाले काम गर्याे।
एउटा रमाइलो गरौं? संक्रमणको दोश्रो दिन लेखकरपत्रकार विजय कुमारले फोन गरेर भन्नु भयो– बधाई ब्रदर। मैले सोधें- कुन खुशीमा? उहाँले भन्नुभयो- २-४ दिनमा तपाई ठीक हुनुहुनेछ। त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खाज्दै यताउता भौंतारिने छन्। तपाई आफ्नै शरीरमा पैदाभएको ‘एण्टीबडी’को बलमा ४-६ महिना शानसँग काम गर्न पाउनु हुनेछ। अहिले आराम गर्ने, मेरो किताब- सम्बन्धहरु, पढ्ने ब्रो। मन चङ्गा भयो- कोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ।
लक्षण युक्त होस् या लक्षणविहीन, कोरोनामुक्त भएपछि के के नै लडाईँ जितेजस्तो अनुभूति हुँदो रहेछ। यस्तो बेलामा सतर्क हुनुपर्ने केही कुरा छन्। जस्तो कि निको हुनेले फुर्तिफार्ती गर्दै ‘मलाई त केही नै भएन, ह्या केही हुँदो रहेनछ, कोरोना न सोरोनाजस्ता हल्का टिप्पणी नगर्नुस्। केही नै नहुने त किन हुन्थ्यो र? कम्तीमा पनि अलि कमजोरी त फिल हुन्छ हुन्छ। महामारीको संक्रमणलाई सामान्यकृत गर्दा अनुशासन भत्किन्छ र त्यसले अनपेक्षित दुस्परिणाम निम्त्याउँछ भन्ने हामी कसैले पनि भुल्न हुँदैन।
आज आफू कोरोनामुक्त हुँदा देशभरका सबै सक्रिय संक्रमित दाजुभाइ दिदीबहिनीहरुलाई मेरा यी अनुभव भन्न चाहन्छु । र, उहाँहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। जो जसले यसअघि नै कोरोनाबिरुद्धको लडाईं जितिसक्नु भयो, उहाँहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । जसलाई पापी कोरोनाले जित्न दिएन, उहाँहरुप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
चिकित्सक र स्वास्थ्यकर्मीहरु, अग्रभागमा रहेर जीवन जोगाउन अहोरात्र खटी रहनुभएका सम्पूर्ण महानुभावप्रति आदरसम्मान व्यक्त गर्दछु। शीघ्र स्वास्थ्यलाभको शुभेच्छासहित, परिवारका सदस्य झैं मेरो स्वास्थ्यप्रति चिन्तित हुनुहुने सबै आदरणीयहरुमा विनम्र आभार व्यक्त गर्दछु।
म त यस महामारीबाट हाललाई उम्किएँ, तर महामारी अझै फैलिँदो अवस्थामा छ।
आग्रह गर्न चाहन्छु- सतर्क होऔं, अनुशासित बनौं।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुझाव पालना गरौं।
कोरानाबाट आफू बचौं र अरुलाई पनि बचाऔं।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












