प्रभु हेलिकप्टरले भोलीबाट एअर बस हेलिकप्टर सञ्चालनमा ल्याउदै
काठमाडौं । प्रभु हेलिकप्टरले भोली शनिबारबाट एअर बस As350B3e हेलिकप्टर सञ्चालनमा ल्याउने भएको छ ।
शुक्रबार नेपाल नागरिक उड्यन प्राधिकरणबाट एअर अपरेटर सर्टिफिकेट (ए.ओ.सि.) प्राप्त गरेपछि शनिबारबाट नै उडानको तयारी गरेको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेल कुमार राज लवटले बताए । प्रभु हेलिकप्टर फ्रान्स कम्पनीको रहेको समेत उनले बताए ।
भोलीबाट सञ्चालनका आउन लागेको सो हेलिकप्टर नयाँ मोडेलको हेलिकप्टर रहेको छ । सो हेलिकप्टर २३ हजार फिट उचाइसम्म सुरक्षित उडान हुने उनले जानकारी दिएका छन् । यसमा ६ जनाको क्षमता रहेको छ, जसमध्ये ५ जना यात्री र एक जना पाइलट बस्न मिल्ने छ ।
सो हेलिकप्टर चैत्र ११ गते काठमाडौं विमानस्थलमा अवतरण गरेको भएता पनि कोभिड १९ का कारण भएको लकडाउनले गर्दा उडान प्रक्रिया रोकिएको थियो । मर्मत उडान, प्रदर्शन उडान पश्चात मात्र व्यवसायिक उडानका लागि प्राधिकरणले शुक्रबार अनुमति दिएको हो ।
२०१५ मा एउटा हेलिकप्टरबाट सुरुवात भएको प्रभु हेलिकप्टरले २०१८ सम्मपुग्दा ५ वटा हेलिकप्टर सञ्चालनमा ल्याएको थियो भने अहिले हेलि एअरबस थपे पश्चात ६ वटा पुगेको छ । कम्पनीसँग रबिनसन R-66 चार वटा हेलिकप्टर १४ हजार फिटकाे उचाइमा र R-44 एउटा हेलिकप्टर १० हजार मुनि सम्मको उचाइमा मात्र उडान गर्न सकिन्छ ।
प्रभु हेलिकप्टरले निश्चित सेड्युलमा नभएर ग्राहकको बुकिङको आधारमा उडान भर्ने गर्छ । यस हेलिकप्टरले राउन्ड हेलि टुरमा पोखराको साइड सिन हेर्न मिल्ने प्याकेज रहेको छ भने धार्मिक टुरमा हलेसी, गोसाइकुण्ड, पाथिभरा, कालिन्चोक, मुक्तिनाथ मन्दिर आदिको टुरको व्यवस्था गरेकाे कम्पनीले जनाएकाे छ ।
गोसाइकुण्डको प्रतिव्यक्ति टिकट मूल्य १८ हजार ९ सय ९९ तोकिएको प्रवक्ता नोवेल कुमार राज लवटले जानकारी दिएका छन् । साथै, एडभेन्चर टुरमा एबिसी क्याम्प, मार्दि क्याम्प, लाङटाङ क्याम्प आदिको प्याकेज रहेको छ । एभरेष्ट टुरको प्याकेज पनि रहेको उनले बताए । नयाँ हेलिकप्टर एभरेष्ट बेस क्याम्पसम्म उडान गर्ने प्रक्रियामा रहेको लवटले जानकारी दिएका छन् । पहिला स्याङबाेचेसम्म मात्र उडान भएको थियो भने अब नयाँ हेलिकप्टर २३ हजार फिटसम्मको उडान गर्ने भएकोले एभरेष्ट बेस क्याम्पसम्म उडान हुने भएको छ । उनले नेपालखोजसँग भने, रोटर विङ भएको हुनाले हाम्रो सेड्युल भनेको हुँदैन जति बेला बुकिङ हुन्छ त्यति बेला उड्छौं ।
प्रभु हेलिकप्टरले मेडिकल उद्धार गर्नका लागि पनि सुविधा दिनेछ । यसलाई हेली एम्बुलेन्सको रुपमा पनि मानिएको लवट बताउँछन् ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












