ताजा समाचार

निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित

काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भिडियो निर्माण तथा निर्देशनतर्फ निकेश राई सम्मानित भएका छन्।

जागिरमान–सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार कोष २०७९ ले भिडियो निर्माण तथा निर्देशकको रूपमा योगदान पुर्‍याएबापत राईलाई पुरस्कृत गरेको हो।

नेपाल पुलिस क्लब, भृकुटिमण्डप, काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

संस्कृतिक तथा मौलिक कलाले भरिएका गीत,संगीत तथा श्रव्यदृश्य(भिडियो)निर्माण गर्दै आएका राई आम दर्शक स्रोताहरु माझ लोकपृय श्रष्टा/सर्जकका रुपमा चिनिनुका साथै नवप्रवेशीहरूका लागि प्रेरणको स्रोत समेत मानिन्छन् ।

सम्मान ग्रहणपछि निकेश राईले किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि किराती कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनका लागि निरन्तर रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा किराती समुदायको भाषा, संस्कृति झल्किने विभिन्न कलाकृति प्रस्तुत गर्नुका साथै किराती सभ्यता र संस्कृतिको संरक्षण तथा संवर्दनका विषयमा बहस र छलफल गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org