निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भिडियो निर्माण तथा निर्देशनतर्फ निकेश राई सम्मानित भएका छन्।
जागिरमान–सुभाषी राई सांस्कृतिक भिडियो पुरस्कार कोष २०७९ ले भिडियो निर्माण तथा निर्देशकको रूपमा योगदान पुर्याएबापत राईलाई पुरस्कृत गरेको हो।
नेपाल पुलिस क्लब, भृकुटिमण्डप, काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
संस्कृतिक तथा मौलिक कलाले भरिएका गीत,संगीत तथा श्रव्यदृश्य(भिडियो)निर्माण गर्दै आएका राई आम दर्शक स्रोताहरु माझ लोकपृय श्रष्टा/सर्जकका रुपमा चिनिनुका साथै नवप्रवेशीहरूका लागि प्रेरणको स्रोत समेत मानिन्छन् ।
सम्मान ग्रहणपछि निकेश राईले किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि किराती कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनका लागि निरन्तर रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा किराती समुदायको भाषा, संस्कृति झल्किने विभिन्न कलाकृति प्रस्तुत गर्नुका साथै किराती सभ्यता र संस्कृतिको संरक्षण तथा संवर्दनका विषयमा बहस र छलफल गरिएको थियो ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












