राप्रपाको केन्द्रीय समिति विस्तार, बन्यो ७२७ जनाको जम्बो केन्द्रीय समिति (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ ।
आइतबार राप्रपाले ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय बनाएको हो ।
पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको पार्टी स्रोतले जनाएको छ । पार्टी स्रोतका अनुसार आकाँक्षी धेरै भएपछि केन्द्रीय समिति जम्बो बन्न पुगेको हो ।
पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको सहमतिमा केन्द्रीय कार्य समिति विस्तार गरिएको पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि गत जेठ २९ मा राप्रपाले ३२७ जनाको केन्द्रीय समिति गठन गरेको थियो । सोही बेला राप्रपाले ८२ जनाको कार्यसम्पादन समिति र १३ सदस्सीय सचिवालय कार्य व्यवस्था समिति समेत गठन गरेको थियो ।
तत्कालीन राप्रपा र राप्रपा संयुक्त एकीकरण भएको पार्टीमा हाल कमल थापा, पशुपति शमशेर राण र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन् भने पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द केन्द्रीय समिति र कार्यसम्पादन समितिको पदेन सदस्य रहेका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












