२१ संगठनद्वारा संयुक्त आन्दोलनको घोषणा : एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग
काठमाडौं । सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।
उनीहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी आन्दोलनमा होमिएका हुन्।
२१ राजनीतिक संगठनमध्ये २० दलको संगठन कार्यगत एकताको बैठक बसेर एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओली कार्यकालमा राष्ट्रघात तथा जनघातका कार्य भएको भन्दै त्यसविरुद्ध अर्को जनआन्दोलन गर्ने निर्णय गरेको हो। बैठकले एमसिसी खारेजी, नयाँ नक्सा जारी गरेपछि भूभाग फिर्ता लिनुपर्ने, कोरोना महामारीमा भएको भ्रष्टाचार तथा गैरजिम्मेवारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ।
रोजगारी गुमाएकालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, बलात्कार हत्याजस्ता अपराध नियन्त्रण गर्नुपर्ने निर्णय गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन समेत माग गरेको छ।
कुन कुन छन् एकतामा आबद्ध संगठन?
नेपाल (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्टिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्टिय जागरण परिषद् नेपाल रहेका छन्। यस्तै, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (माक्सवादी), नेकपा माओवादी (पुष्पलाल) र ने.क.पा. (माओवादी) सहभागि छन्।

Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












