कर्णाली प्रदेशको विवाद मिलाउन ओली-प्रचण्ड छलफलमा
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघिसारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने स्रोतले जानकारी दियो ।
प्रचण्डले विवाद सल्ट्याउन ओलीलाई आग्रह गरिसकेका छन् । ओलीनिकट नेताहरूले पनि अहिले विवाद चर्काउने बेला नभएको र अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेकाले दुई अध्यक्षले आजै निर्देशन पठाउने तयारी गरेको पनि बुझिएको छ ।
उता माधव नेपाल पक्ष पनि अविश्वासको प्रस्तावबाट पछि हटिसकेको एक नेताले बताए । नेता नेपालले हिजै मुख्यमन्त्री सच्चिनुपर्ने र सांसदहरूले पनि अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने बताउँदै निर्देशन दिइसकेका थिए ।
सुर्खेतमा पनि अहिले दुवै पक्ष छलफलमा जुटेका छन् । नेता नेपालले सहजीकरण गर्न पठाएका केन्द्रीय सदस्य नीरज आचार्यले वार्ताको मध्यस्थ गरिरहेका छन् । अहिले केन्द्रीय सदस्य अचार्य, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, ध्रुवकुमार शाही, उता पूर्वमाओवादीका तर्फबाट मुख्यमन्त्री शाही, सचिव मायाप्रसाद शर्मा, सांसद विन्दमान विष्टलगायतका नेता छलफलमा छन् ।
उनीहरूले सकेसम्म १ बजेका लागि तय गरिएको बैठक रोकेर समझदारी खोज्ने प्रयास गरिरहेका छन् । नेपाल पक्ष सहमतिमा आए पनि ओली पक्ष भने आउन बाँकी रहेको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












