प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री
कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्रधार प्रचण्ड अहिले आफूसरहकै अध्यक्ष केपी ओलीसँग दिनैपिच्छे तारिख धाएझैँ वार्ता गरिरहनुभएको छ । उहाँको चाहना छ कि, केही मन्त्री हेरफेर गरौं । तर, न केपीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सक्नुभएको छ, न प्रचण्डले । चाहँदा केपीका निम्ति यो कुनै ठूलो समस्या होइन । मात्रै, अर्का अध्यक्षको पनि बचन तोडेर पाइला पाइलामा किन निहुँ खोजिरहुँ भनेरमात्रै हो । नत्र, कस्ताकस्ता निर्णय नसोधी गर्ने हिम्मत भएका केपीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै हैन ।
यसबीच, पूर्वमाओवादी अर्थात्, प्रचण्डका मान्छेहरू मन्त्री पाइन्छ भनेर केपीतिर लागे । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म केपीको लिष्टमा छन् । त्यसमध्ये पनि हरिबोल त पूर्वएमालेप्रति यति अनुदार कि, केपी ओलीलाई सिध्याउनै पर्छ भन्ने । तर, समयले कहाँ पु-याइदियो भने, माओवादी कोटामा त र केपीको रोजाइमा मन्त्री खान ठिक्क पर्नुपर्ने †
सहयोद्धाहरू साथै रहुन् भन्ने जोड प्रचण्डको छ, जवाफ पनि त्यस्तै आउँछ । तर, परिणाममा देखिन्छ– स्थिति त्यस्तो होइन । प्रचण्डले बादल, प्रभु र लेखराजको नाम केपीको मुखबाट सुन्नुपर्ने दिन कति कष्टपूर्ण भइरहेको होला !
पक्षधरता भन्ने चिज कति खतरनाक हुन्छ भने, पशुपतिका भूलभट्टले अरु थुप्रै देशका पत्रकार पुग्दा भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौलि कुमारप्रसादलाई मात्रै विशेष किसिमले रुद्राक्षको माला लगाइदिए, अरुलाई झारेझुरे व्यवहारमा पारे । किनभने, चन्द्रमौली थिए भारतीय, मूलभट्ट पनि त्यहीँका । यसरी मन्दिरमा त भेदभाव हुन्छ भने यो त व्यक्तिको तजबजिमा चल्ने पार्टी हो ।
यही दुःख बिर्सन प्रचण्ड सपरिवार शुक्रबार ककनी जानुभयो । र, फर्किएर आएपछि रिक्त तीन मन्त्रालय भरौँ भन्ने सहमति भयो । जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
स्थायी कमिटी बैठकले एक महिनाभित्र र सचिवालयले १० दिनभित्र पुनर्गठन गर्ने भनेको मन्त्रिपरिषद् दुई महिना बित्दा पनि केही हुन सकेको छैन । यो स्थितिले मन्त्रीहरूलाई मर्का परेको छ । आज हट्लान् र भोलि हट्लान् भनिएका मन्त्रीलाई कर्मचारीले नटेर्ने भइसके ।
प्रधानमन्त्रीकहाँ तारेख धाउने अवस्थामा पुग्नुभएका कार्यकारी अध्यक्ष प्रचण्डप्रति प्रधानमन्त्रीको आफ्नो खेमामा टिप्पणी छ, मच्चिन त सक्नुहुन्छ । अन्तिममा थच्चिनुको विकल्प छैन । नभन्दै मन्त्रीमा मुख मिठ्याउन बालुवाटारका हर्ताकर्ताहरूसँग पूर्वमाओवादीको भौतिक र टेलिफोनमार्फत् लाइन छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












