बुढीगण्डकी भ्रष्टाचारबारे बाबुरामलाई प्रमाण पेश गर्न नेकपाको चुनौती
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनता समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर बुढीगण्डकीका सन्दर्भमा दिएको अभिव्यक्ति आधारहिन, गलत र कपोकल्पित एवं दुरासय पूर्ण रहेको दावी गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईको अभिव्यक्तिलाई खारेज गर्दै कथित प्रमाण भए सार्वजनिक गर्न चुनौति समेत दिएका छन् । भट्टराईको अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै उनले सार्वजनिक रुपमा र राज्यका निकायमा पेश गर्न भनेका हुन् ।
‘हामी त्यससँग सम्बन्धित तथाकथित प्रमाण भए सार्वजनिक रुपमा र राज्यका सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौ । यद्यपि, त्यसप्रकारको कृतिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेतीमात्र हो भन्ने स्पस्ट नै छ’, प्रवक्ता श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘तसर्थ राज्यको गरिमामय उच्चपद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना गर्नुपर्दछ ।’ भट्टराइले गतसाता गोरखामा पुगेर ओली, प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकीमा नौ अर्ब भ्रष्टाचार गरेको र आफुुसँग प्रमाण रहेको बताएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












