कर्णाली विवादबारे दुवै पक्षसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको विवाद मिलाउन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन्।
त्यसका लागि कर्णालीका सांसदहरू धुम्बाराही पुगिसकेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट पक्षका नेतृत्वकर्ता यामलाल कँडेल धुम्बाराहीमा रहेको कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिएका छन्। मुख्यमन्त्री शाहीले यसअघि आजै बिहान पनि अध्यक्ष दाहालसँग खुमलटारमा भेट गरिसकेका थिए।
मुख्यमन्त्री शाहीविरूद्ध नेकपाका बहुमत १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशमा कलह उत्पन्न भएको छ। तर, माधव नेपाल पक्षधर सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएपछि अन्योलमा परेको छ।
यसै अन्योलताका बीचमा अध्यक्ष दाहालले मुख्यमन्त्री शाही, प्रदेश अध्यक्ष बोगटी, असन्तुष्ट सांसदहरू कँडेल, गुलाबजंग शाहलगायतसँग सामूहिक छलफल गर्नेछन्। उक्त छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहने बुझिएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












