‘अनधिकृत बैठकले गरेको निर्णय मान्दैनौं, नेकपाभित्रको लोकतन्त्र नासियो’
काठमाडौं । कर्णाली प्रदेशका नेकपाका सह-इन्चार्ज यामलाल कँडेलले अनधिकृत ढङ्गबाट बोलाइएको संसदीय दलको बैठक र त्यसले गरेको फैसला नमान्ने बताएका छन् ।
शुक्रबार कँडेललगायत प्रदेशसभा सदस्यहरूले दर्ता गरेको अविश्वासको प्रस्ताव संसदीय दलले विधिवत् अस्वीकृत गरेको थियो । तर, कँडेलले सङ्ख्या निर्णायक हुने भए पनि बहुमत गुमाइसकेको व्यक्तिले बैठक बोलाएर बहुमत सिद्ध गर्नु दलभित्रको आन्तरिक लोकतन्त्र मास्ने काम भएको टिप्पणी गरे ।“हामीले यो बैठकलाई अनधिकृत व्यक्तिले बोलाएका रूपमा बुझेका छौं, त्यसले गरेको फैसलाका रूपमा बुझेका छौं,” उनले बाह्रखरीसँग भने, “नेकपाभित्र यस्तो हुन्छ, आन्तरिक लोकतन्त्र मासिन्छ, कमजोर हुन्छ भनेर कल्पना गरेको थिइनँ । नेकपाको उद्देश्य र नीति पनि यो होइन । अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ । अविश्वासको प्रस्ताव आइसकेपछि जिम्मेवार व्यक्ति र नेताहरूले जुन निष्कर्ष निकाले, त्यसले नेकपाभित्रको विधि, लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।”
उनले आफ्नो अविश्वासको प्रस्तावमा यथावत् रहेको पनि बताए । संसदीय दलले अहिलेका लागि किनारा लगाए पनि संसद्मा जाने बाटो खुला नै रहेको र त्यसमा छलफल गरिरहेको जानकारी दिए ।
“समय क्रममा संसद्मा पुग्न सक्छ । विषय यथावत् छन् । संख्याका आधारमा यो विषय उठाइएको होइन । यद्यपि, छिनोफानो संख्याले नै गर्छ,” उनले भने, “विषयको समाधान भएको छैन । पद बाँडेर समाधान गर्न खोजिएको छ । पद बाँडेर समस्या समाधान गर्ने पार्टी नेकपा त होइन । मैले यसरी पनि बुझेको छैन ।”
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












