सुरेन्द्र पाण्डेविरूद्ध चितवनमा नेकपाकै कार्यकर्ताद्वारा नारा–जुलुस
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरकलह जिल्ला तहमा ओर्लन सुरु गरेको छ । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपाल पक्षका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेविरूद्ध नाराजुलुस गरेका छन् । बैठक विथोल्ने प्रयास गरेको नेताहरूले बताएका छन् ।
“राप्ती नगरपालिका मेरो गाउँ पनि हो,” पाण्डेले बाह्रखरीसँग भने, “८१ सदस्य कमिटीको पूर्ण बैठक चलिरहेको थियो । बैठक चलिरहँदा त्यहाँका मेयर प्रभा बरालसँगै दुईचार जना प्रवेश गरे । मैले स्थायी कमिटीमा कार्यदलले सर्वसम्मतरूपमा तयार पारेर पारित गरेका सुझावका बारेमा बताउँदै थिएँ । उनीहरूले जबज जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, केपी ओली जिन्दावाद भन्दै नारा लगाउन सुरु गरे ।”
पार्टीभित्रको अन्तरविरोध प्रकाश पार्न नभ्याउँदै नारा जुलुस गरेर विथोल्न खोजिए पनि बैठक सौहार्दरूपमा सकिएको उनको भनाइ छ । नगर कमिटीमै नभएका र पार्टीको संगठित सदस्यमात्रै रहेकाहरू प्रवेश गराएर नाराजुलुस गराइएको उनको भनाइ छ ।
“कुनै पनि फाउन्डेसन नबनाऊँ, फाउन्डेसन गुटबन्दीमा मुहान भए भनेर सर्वसम्मत रूपले निर्णय गरेको भन्दै थिएँ, नाराबाजी सुरु भयो,” उनी भन्छन्, “भण्डाराका सुरज थपलिया, केदार आचार्य, प्रकाश कालाखेती लगायतको समूहले नाराबाजी गरेको हो । गाउँमा उनीहरूको कुनै प्रभाव छैन । सदस्यता लिएका छन् कि छैनन् त्यो पनि थाहा छैन ।”
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












