प्रधानमन्त्री ओलीले मागे कांग्रेसको साथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् । सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी नगराएको भए पनि कांग्रेसको उच्च स्रोतले जानकारी दियो ।
“हिजो प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा भएन,” देउवा निकट ती नेताले भने । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेसको साथ खोजेका थिए ।
तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट ती नेताले बताए ।
नेकपाभित्र विवाद चर्कंदै जाँदा अहिले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याउनसक्ने विश्लेषण गरिएको छ । सो अवस्थामा नेकपा विभाजन भएको अवस्थामा ओलीलाई सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।
कांग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा दुइवटा मतहरु छन् । सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ । तर, त्यस्ता भेट अपारदर्शी हुने गरेको भन्दै कांग्रेसकै नेताहरुले प्रश्न उठाउँदै आएका थिए । देउवा ओलीप्रति उदार देखिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने ओलीप्रति अनुदार देखिन्छ ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छन् । सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ । ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा भने जानकारी गरएको छैन ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












