प्रचण्ड-नेपाललाई तर्साउँन ओलीको अस्त्र कांग्रेस !
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू प्रधानमन्त्री केपी शर्मा ओलीले दस्तावेजमार्फत फर्काउने ‘जवाफ’को प्रतीक्षामा छन् ।
प्रधानमन्त्री ओलीको अस्त्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका आफ्नो विपक्षमा भएका नेताहरूप्रति लक्षित छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार भेटेर ८ मन्त्रालयसहित संयुक्त सरकार बनाउन आग्रह गरेलगत्तै अन्य साना दलका नेताहरूसँग सरकारमा सहभागी हुने सम्बन्धमा ओलीले छलफल चलाएका छन्।
ओली निकट नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी तथा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग छलफल अघि बढाउन आफू निकट केही नेतालाई खटाएका छन्।
‘प्रधानमन्त्रीज्यूले कांग्रेस सभापति देउवासँगको भेटमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गर्नुभयो, त्यति मात्रै होइन, अन्य मधेश केन्द्रितसहित अन्य साना दललाई ४ वटा मन्त्रालय दिने गरी आवश्यक रणनीति बनाउनु भएको बुझेँ,’ ओलीसँग पछिल्ला दिनहरूमा छलफलमा सहभागी रहेका नेकपाका एक नेताले भने।
यसअघि, बालुवाटारमा शनिबार भएको कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले ८ मन्त्रालय लिन र सरकारमा आउन आग्रह गरेका थिए।
नेपाली कांग्रेसका सभापति देउवा निकट स्रोतका अनुसार उनले ओलीलाई पार्टीमा सल्लाह नगरी यस विषयमा केही भन्न नसक्ने जवाफ दिएका छन्।
‘ओलीजीसँगको भेटमा सभापतिले प्रचण्डसँग मिलेर जानुस् भन्नु भएको जानकारी आएको छ, साथै ८ मन्त्रालय लिएर साझा सरकार गठनका लागि ओली प्रस्ताव गरेको बुझेको छु,’ देउवा निकट एक नेताले भने।
भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता संकटमा पुगेको निष्कर्ष ओलीले देउवालाई सुनाएको स्रोत भनाई छ।
‘८ मन्त्रालय दिनुस्, साझा सरकार बनाऔं, अब पार्टी एकता भनेर सँगै बस्न सक्ने अवस्था छैन, त्यसैले मैले तपाईलाई बोलाएको हुँ,’ ओलीको भनाई उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो।
स्रोतका अनुसार प्रचण्डले शुरुआती दिनमा सहयोग गरेजस्तो गरे पनि अहिले आफूविरुद्ध गम्भीर आरोपमा उत्रिएकाले पार्टीको एकता संकटमा परेको ओलीको धारणा थियो। ओलीले प्रचण्ड र नेपालसँग सम्झौता नगर्ने, बरु पार्टी फुटाएर कांग्रेस र अन्य दलसँग मिलेर सरकारको नेतृत्वमा टिकिरहने रणनीति लिएका छन्।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले कोरोना प्रकोपको संक्रमण र प्रभाव नियन्त्रण बाहिर जान नदिन उचित कदम चाल्न र पार्टीमा सल्लाह गरेर मात्रै निर्णयहरू गर्न सुझाव दिएका छन्।
पार्टी एकता संकटमा परेको निष्कर्षसहित प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आइतबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए।
सचिवालयको १० दिनका लागि स्थगित बैठकको सन्दर्भ र आगामी रणनीति तयार गर्नका लागि ओली आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्।
नेकपाका एक केन्द्रीय नेताका अनुसार ओलीले आइतबार बिहान आफू निकट मन्त्रीहरूसँग छलफल गरेका थिए। साथै पूर्व माओवादीका केही नेताहरूसँग पनि उनले छलफल परेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग पनि आगामी रणनीतिका सन्दर्भमा सल्लाह मागेका छन्। एक मन्त्रीका अनुसार ओलीले पार्टी एकता संकटमा परेकाले अबको नयाँ ढंगले जानुको विकल्प नरहेका बताएका छन्।
‘अध्यक्ष प्रचण्डको आरोप र अबको रणनीतिमा बैठक केन्द्रित थियो, प्रधानमन्त्रीजी पार्टी एकता संकटमा परेको विषयले गम्भीर देखिनु भएको थियो,’ ती मन्त्रीले भने, ‘अहिले पनि पार्टीका नेताहरूसँग लगातार छलफलमै हुनुहुन्छ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












