मेरो प्रस्ताव छँदैछ, साझा प्रस्ताव आउने सम्भावना छैन : प्रचण्ड
‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन् ।
सोमबार विहान खुमलटार पुगेका स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझीले प्रचण्डलाई पार्टी विभाजनसम्म जान नहुने बताएका छन् ।
जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन् । ‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’ उनले भनेका छन्, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ । छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’
तर अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको प्रचण्डको भनाइ थियो । एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनले बताए ।
गजुरेल र रायमाझीले भने पार्टी विधि र पद्दतिमा चल्नुपर्ने भएपनि अहिले एकता जोगाउनुपर्ने सुझाव दिएका थिए । ‘पार्टीलाई फुटबाट जोगाएर विधि र पद्धतिमा चल्ने अवस्थामा लैजानुपर्छ भन्ने सुझाव दिऔं’, गजुरेलले भने ।
जवाफमा प्रचण्डले आफूले कोशिस गरिरहेको र फुटसम्म जान नदिने बताएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












