प्रचण्डको प्रतिवेदन कार्यकर्तामा बाँडेपछि नेकपामा फेरि तरंग !
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए ।
प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण थालिएको एक नेताले बताए । उनले भने, ‘प्रतिवेदनको ३२ पृष्ठ लामो पुस्तक तयार पारिएको छ । सोही पुस्तक कार्यकर्तामा बाँड्न थालिएको छ ।’
प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तकका रुपमा तयार पारिएको ती नेताले बताए । उनले भने, ‘केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्याउने काम हुनु दु:खद हो । यसले समस्या समाधान गर्नुको साटो थप समस्या थपिँदै जानेछ ।’
प्रधानमन्त्री ओली निकटका ती नेताले भने, ‘पार्टीको सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेचीदेखि महाकालीसम्मका सञ्चारमाध्यममा चुहाइएको थियो। अहिले पुस्तक प्रकाशन नै गरेर तल्लो तहका कार्यकर्तासम्म वितरण हुँदैछ । यो काम पार्टीको विवादलाई संस्थागत गर्ने उद्देश्यसहित आयो । यसबाट उहाँहरुले फूटको राजनीति गरेको प्रष्ट हुन्छ ।’
यता प्रचण्ड पक्षधर नेताहरुले भने यो आरोप सत्य नभएको बताएका छन् । एक नेताले खबरहबसँग भने, ‘पार्टीभित्र आपसी धेरै मतभेद छ । यसलाई सम्बादबाट मात्रै हल गर्न सकिन्छ भनेर हामीले बैठक आह्वान गरेका हौँ । बैठक बोलाइएको छ । अब त्यो बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्नेछौँ ।’
मंसिर १३ गते बस्ने बैठकमा अध्यक्ष ओलीको पनि प्रतिवेदन आउने अपेक्षा गरेको बताउँदै उनले त्यसपछि दुवै प्रतिवेदनमा बारेमा विस्तृत छलफल हुने बताए ।
उनले भने, ‘पार्टी फूटका विषयमा बाहिर आएको हल्लाजस्तो अवस्था छैन । नेताहरुबीच मतभिन्नता छ । त्यो बैठकहरु सञ्चालन हुन थालेपछि हल हुँदै जानेछन् । अहिले हामी पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर लागेका छौँ ।’
प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ ।
१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












