प्रचण्डको प्रतिवेदन कार्यकर्तामा बाँडेपछि नेकपामा फेरि तरंग !
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए ।
प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण थालिएको एक नेताले बताए । उनले भने, ‘प्रतिवेदनको ३२ पृष्ठ लामो पुस्तक तयार पारिएको छ । सोही पुस्तक कार्यकर्तामा बाँड्न थालिएको छ ।’
प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तकका रुपमा तयार पारिएको ती नेताले बताए । उनले भने, ‘केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्याउने काम हुनु दु:खद हो । यसले समस्या समाधान गर्नुको साटो थप समस्या थपिँदै जानेछ ।’
प्रधानमन्त्री ओली निकटका ती नेताले भने, ‘पार्टीको सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेचीदेखि महाकालीसम्मका सञ्चारमाध्यममा चुहाइएको थियो। अहिले पुस्तक प्रकाशन नै गरेर तल्लो तहका कार्यकर्तासम्म वितरण हुँदैछ । यो काम पार्टीको विवादलाई संस्थागत गर्ने उद्देश्यसहित आयो । यसबाट उहाँहरुले फूटको राजनीति गरेको प्रष्ट हुन्छ ।’
यता प्रचण्ड पक्षधर नेताहरुले भने यो आरोप सत्य नभएको बताएका छन् । एक नेताले खबरहबसँग भने, ‘पार्टीभित्र आपसी धेरै मतभेद छ । यसलाई सम्बादबाट मात्रै हल गर्न सकिन्छ भनेर हामीले बैठक आह्वान गरेका हौँ । बैठक बोलाइएको छ । अब त्यो बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्नेछौँ ।’
मंसिर १३ गते बस्ने बैठकमा अध्यक्ष ओलीको पनि प्रतिवेदन आउने अपेक्षा गरेको बताउँदै उनले त्यसपछि दुवै प्रतिवेदनमा बारेमा विस्तृत छलफल हुने बताए ।
उनले भने, ‘पार्टी फूटका विषयमा बाहिर आएको हल्लाजस्तो अवस्था छैन । नेताहरुबीच मतभिन्नता छ । त्यो बैठकहरु सञ्चालन हुन थालेपछि हल हुँदै जानेछन् । अहिले हामी पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर लागेका छौँ ।’
प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ ।
१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












