सरकारका गतिविधिका कारण गणतन्त्रप्रति वितृष्णा बढ्योः सिटाैला
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्ण सिटौलाले सरकारका गतिविधिका कारण गणतन्त्रप्रति वितृष्णा बढेको बताएका छन्।
‘‘जनताको हितमा, राष्ट्रको हितमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले काम गर्न नसकेका कारण जनतामा निराशा फैलिएको छ। त्यो निराशाको अभिव्यक्तिका रूपमा यी प्रदर्शन भएका हुन् भन्ने मलाई लाग्छ।’’
‘‘हाम्रो संविधान र हाम्रो व्यवहारमा रहेको लोकतान्त्रिक व्यवस्थामा अरूको अधिकारलाई खलल नपुर्याई शान्तिपूर्ण ढंगले आफ्ना माग प्रस्तुत गर्ने अधिकार सबैलाई प्राप्त छ। अब यो प्रदर्शनबाट उत्पन्न परिणामबारे सबैभन्दा बढी गम्भीर त सरकार हुनुपर्ने हो।’’ सिटौला भन्छन्, ‘‘यो माग कति सान्दर्भिक भनेर विवेचना सरकारले गर्नुपर्ने हो।
यदि सरकारले यस्तो प्रदर्शनलाई गम्भीरतापूर्वक लिन्छ भने यसलाई एउटा सर्वदलीय बैठकको छलफलको विषय बनाउन सक्छ। अहिले पनि राजा चाहिन्छ भन्ने पार्टी राप्रपा छँदैछ त। त्यसकारण आफ्नो अभिव्यक्ति राख्नै नपाउने भन्न त मिलेन। तर, जहाँसम्म व्यवस्था नै परिवर्तन हुने कुरा छ, अहिलेको आन्दोलन त्यहाँसम्मको उद्देश्यसहितको हो कि होइन भन्ने विश्लेषण गर्ने जिम्मवारी त सरकारको हुन्छ नि।’’
उनी थप्छन्, ‘‘नयाँ संविधान संविधानसभाबाट जारी भयो र संविधानबमोजिम निर्वाचन भयो। नयाँ संविधानबमोजिमको पहिलो निर्वाचनबाट निर्वाचित सरकारको कार्यशैलीबाट जनतामा केवल निराशा मात्र फैलिएको छ। सरकारले संविधानले जनतालाई दिएको अधिकार दिन सकेको छैन। जनताको आर्थिक प्रगति भएको छैन। संविधानको मौलिक हकमै जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउने कुरा लेखिएको छ। धेरै आर्थिक–सामाजिक अधिकार मौलिक हकका रूपमा राखिएको छ। तर, ती कुनै हकलाई सरकारले प्रचलनमा ल्याउन सकेन।’’
जस्तैः निःशुल्क स्वास्थ्य उपचार र शिक्षा, रोजगारीको हक, आवास, खाद्यान्न, महिला, दलित र अपांगता भएकाहरू र ज्येष्ठ नागरिकका विशेष हक हुने कुरा लागू भएका छैनन्। यस्तो कोरोना महामारी फैलिएको अवस्थामा समेत सरकारले ढंग पु¥याएर काम गर्न सकेको छैन। जनताको सामान्य उपचारका लागि समेत सरकार पूरै असफल देखिन्छ। त्यसकारण जनतामा अहिले जुन कष्ट, पीडा छाएको छ, त्यो कष्ट र पीडा कुनै पनि रूपमा सडकमा प्रस्तुत हुन सक्छ भन्ने मलाई लाग्छ। र यी सबै कुराको जवाफदेवी, जिम्मेवार यो सरकार हो। सानो अंशमा नेपाली कांग्रेसले पनि प्रतिपक्षीको हैसियतले जनतामा परेको कष्ट–पीडालाई जसरी उठाउन सक्नुपथ्र्यो, जनताको आवाजलाई जसरी सडकबाट बोल्न सक्नुपथ्र्यो। हो, कांग्रेसले पनि ती कुराहरू सडकदेखि सदनसम्म उठाउन सकेन, त्यसकारण पनि जनतामा थप निराशा बढेको हुनुपर्छ। त्यसकारण राजनीतिक दलहरूले, खासगरी सत्तारुढ दलले आजको दिनमा गम्भीरतापुर्वक सोच्नुपर्छ। त्यसो भन्दा फेरि शान्तिपूर्ण ढंगले प्रदर्शन नै गर्न नपाइने भन्ने त भएन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












