नेकपा सचिवालय बैठक आज, कसको रणनीति के ?
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजको जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका थिए।
प्रचण्डले दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो। दस्तावेजमा ओलीको प्रश्नको जवाफ, ओली प्रवृत्ति र कार्यशैली लगायतका राजनीतिक विषयहरु समेटिएका थिए। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन्।
प्रस्ताव लेखनका लागि ओलीले गत मंसिर ३ गतेको बैठकमा १० दिनको समय मागेका थिए। सोही अनुसार अर्को बैठक आजका लागि तोकिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार पारेका छन्। उनले भनेका छन्, ‘राजनीतिक आरोप सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ।’
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ। यसअघि ओलीले प्रस्तावमा लगाइएका आरोप सही साबित भए आफू हट्ने अन्यथा आरोप लगाउने हट्नुपर्ने बताएका थिए। ओलीको प्रस्ताव मुलतः प्रचण्डले आफ्नो प्रस्तावमा लगाएको आरोपको प्रतिवादमा केन्द्रित हुने उनी निकटका नेताहरुले बताएका छन्।
प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्ड पक्षले अस्वीकार गरेका छन्। ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट नेताले आरोप लगाएका छन्। यता कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै विवादको छिनोफानो गर्ने अडानमा छन्।
नेकपामा कात्तिक अन्तिम हप्ता नेकपामा ‘पत्र-युद्ध‘ चलेको थियो। प्रचण्ड पक्षले कात्तिक २२ गते ओलीलाई बैठकको माग गर्दै पत्र बुझाएको थियो। सो पत्रको जवाफमा २५ गते ओलीले प्रचण्डलाई पत्र लेखेका थिए। त्यस्तै, कात्तिक २८ गते प्रचण्डले पनि ओलीलाई पत्र मार्फत नै जवाफ फर्काएका थिए। त्यस्तै, २८ गतेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। यी चार वटै दस्तावेजहरु प्रकाशन गरेर प्रचण्ड पक्षले तल्ला तहसम्म पुर्याइसकेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












