नेकपा सचिवालय बैठक आज, कसको रणनीति के ?
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजको जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका थिए।
प्रचण्डले दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो। दस्तावेजमा ओलीको प्रश्नको जवाफ, ओली प्रवृत्ति र कार्यशैली लगायतका राजनीतिक विषयहरु समेटिएका थिए। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन्।
प्रस्ताव लेखनका लागि ओलीले गत मंसिर ३ गतेको बैठकमा १० दिनको समय मागेका थिए। सोही अनुसार अर्को बैठक आजका लागि तोकिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार पारेका छन्। उनले भनेका छन्, ‘राजनीतिक आरोप सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ।’
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ। यसअघि ओलीले प्रस्तावमा लगाइएका आरोप सही साबित भए आफू हट्ने अन्यथा आरोप लगाउने हट्नुपर्ने बताएका थिए। ओलीको प्रस्ताव मुलतः प्रचण्डले आफ्नो प्रस्तावमा लगाएको आरोपको प्रतिवादमा केन्द्रित हुने उनी निकटका नेताहरुले बताएका छन्।
प्रस्ताव फिर्ता लिन पटक पटक ओली पक्षले आग्रह गरे पनि प्रचण्ड पक्षले अस्वीकार गरेका छन्। ओलीसँग नेकपा विवादबारे छलफल गर्नसमेत प्रचण्ड तयार नरहेको ओली निकट नेताले आरोप लगाएका छन्। यता कार्यकारी अध्यक्ष प्रचण्ड बैठकबाटै विवादको छिनोफानो गर्ने अडानमा छन्।
नेकपामा कात्तिक अन्तिम हप्ता नेकपामा ‘पत्र-युद्ध‘ चलेको थियो। प्रचण्ड पक्षले कात्तिक २२ गते ओलीलाई बैठकको माग गर्दै पत्र बुझाएको थियो। सो पत्रको जवाफमा २५ गते ओलीले प्रचण्डलाई पत्र लेखेका थिए। त्यस्तै, कात्तिक २८ गते प्रचण्डले पनि ओलीलाई पत्र मार्फत नै जवाफ फर्काएका थिए। त्यस्तै, २८ गतेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। यी चार वटै दस्तावेजहरु प्रकाशन गरेर प्रचण्ड पक्षले तल्ला तहसम्म पुर्याइसकेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












