कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण: अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीबाट प्रभावित बनेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रबीचको सहकार्य जरूरी रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको पुनरूत्थानका लागि सरकारले अग्रभागमा रहेर काम गर्ने र त्यसमा निजी क्षेत्रको भूमिका पनि त्यतिकै रहने बताएका हुन्।
‘‘अहिले कोभिड-१९ ले विश्वव्यापी र हाम्रो अर्थतन्त्रमा चुनौती सिर्जना गरेको छ। यो चुनौतीलाई पार गर्दै अर्थतन्त्रलाई पुनः गतिशील र सबल बनाउन अग्रभागमा रहेर काम गर्न सरकार तयार छ,’’ उनले भने, ‘‘तर, सरकारले मात्रै सबै गर्न सम्भव हुँदैन। निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहन्छ। त्यसैले सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्न जरूरी छ।’’
विशेषगरी लगानी वृद्धि, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने उनले बताए। सहकार्य लागि आफू तयार रहेको समेत उनले बताए।
कोभिडका कारण सिर्जित समस्यालाई सम्बोधन गर्न सरकारले बजेट र मौद्रिक नीतिमा केही व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नभएको उनले स्वीकार गरे। आगामी दिनमा सरकारले गर्नुपर्ने कार्यका लागि रचनात्मक सुझाव प्रस्तुत गर्न अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिसँग आग्रह गरे।
आफू धेरै बोल्ने भन्दा पनि नतिजामुखी काम गर्नेमा केन्द्रित रहेको उनले बताए।
निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै अर्थमन्त्री पौडेलले नयाँ कार्यसमितिसँग सहकार्य गर्न आफू आतुर रहेको जानकारी दिए।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











