नेकपा एकताबद्ध भएर जाने विषयमा आशंका नगर्न पार्टी पंक्तिलाई नेता खनालको अपिल
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन्।
नेकपाभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि बताए।
सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनले भने, ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि। मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ। अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए। मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उनले जिकिर गरे।
‘खास गरेर मिडियामा बसेका कच्चा मानिसहरुले गलत कुराको प्रचार गरिरहेका छन्। नेकपा फुट्छ भनेर कुर्लिएका छन्। तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन यो स्पातले बनेको पार्टी हो। यसलाई कसैले पनि फुटाउन सक्दैन्,’ वरिष्ठ नेता खनालले भने, ‘पार्टीभित्र अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ।’
अहिलेको बहस पार्टीको एकताको पक्षमा रहेकाले नडराउन नेता खनालले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। ‘नेकपालाई कसले फुटाउन सक्छ? कुन नीतिले फुटाउन सक्छ? कुन कानुनले फुट्न सक्छ? हामी चुनौती दिन चाहन्छौ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधान बमोजिम, कानुन बमोजिम फुटाउन सक्नुपर्छ। तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौं। बहस र छलफलबाट आत्तिनुपर्ने कुरा छैन।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












