नेकपा एकताबद्ध भएर जाने विषयमा आशंका नगर्न पार्टी पंक्तिलाई नेता खनालको अपिल
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै हालतमा नफुट्ने दाबी गरेका छन्।
नेकपाभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्न पनि बताए।
सोमबार गृह जिल्ला इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पताल शिलान्यास कार्यक्रममा उनले भने, ‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि। मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ। अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनुहुन्न।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए। मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उनले जिकिर गरे।
‘खास गरेर मिडियामा बसेका कच्चा मानिसहरुले गलत कुराको प्रचार गरिरहेका छन्। नेकपा फुट्छ भनेर कुर्लिएका छन्। तर म तपाईहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन यो स्पातले बनेको पार्टी हो। यसलाई कसैले पनि फुटाउन सक्दैन्,’ वरिष्ठ नेता खनालले भने, ‘पार्टीभित्र अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ।’
अहिलेको बहस पार्टीको एकताको पक्षमा रहेकाले नडराउन नेता खनालले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। ‘नेकपालाई कसले फुटाउन सक्छ? कुन नीतिले फुटाउन सक्छ? कुन कानुनले फुट्न सक्छ? हामी चुनौती दिन चाहन्छौ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधान बमोजिम, कानुन बमोजिम फुटाउन सक्नुपर्छ। तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौं। बहस र छलफलबाट आत्तिनुपर्ने कुरा छैन।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












