नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्ड पक्ष रणनीति तयार गर्नमै व्यस्त
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।
बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे ।
अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । प्रचण्डसहित सचिवालयका पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक माग गर्दै ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको जवाफी पत्र अनि फेरि प्रचण्डले लेखेको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षका नेताहरुको तयारी छ ।
तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ । यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ ।
प्रचण्डले पेस गरेको डकुमेन्टको जवाफ नै नदिने र बैठकमा छलफलको विषय समेत नहुने अडानबाट पछि हट्दै ओलीले मंसिर १३ को सचिवालय बैठकमा काउण्टर प्रस्ताव पेस गरेका छन् । प्रचण्डले पार्टी एकीकरण यता भएका ओलीको कमजोरी औंल्याएका थिए । ओलीले भने अझै परसम्म गएर शान्ति प्रक्रियायताकै प्रचण्डका कमजोरीसहित ३८ पृष्ठ लामो डकुमेन्ट पेस गरेका छन् ।
एकअर्कालाई लगाइएका आरोप र गरिएका तर्कहरु सचिवालयले मिलाउन नसक्ने भन्दै स्थायी कमिटीमै लैजानुपर्ने निष्कर्ष प्रचण्ड पक्षले निकालेको छ । प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्य सबै डकुमेन्ट स्थायी कमिटी बैठकमा प्रस्तावकै रुपमा लैजाने तयारी भएको बताउँछन् । उनका अनुसार, भोलि (मंसिर १६) को सचिवालय बैठकले सबै डकुमेन्ट छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गर्नेछ ।
मंसिर १८ मा स्थायी कमिटी बैठक बोलाइएकाले पनि साझा प्रस्ताव लैजाने सम्भावना नरहेको प्रचण्डतर्फका नेताहरु बताउँछन् । ‘सचिवालयमा नेताहरु प्रष्ट विभाजित छन्, फेरि मंसिर १८ मै स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसैले तत्कालै सचिवालयमा साझा प्रस्ताव आउने सम्भावना छैन’, स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन् ।
प्रस्तावकै बारेमा शनिबारको सचिवालय बैठकपछि प्रचण्डले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेका छन् ।
सबै डकुमेन्ट स्थायी कमिटी बैठकको छलफल विषय बनाइने तयारी भए पनि ओलीले लगाएको आरोपबारे प्रचण्डले भोलि बस्ने सचिवालय बैठकमा कुरा उठाउने भएका छन् । ‘पार्टी एकता भन्दा अगाडि पुगेर आरोपहरु लगाइएको छ । यसले एकता प्रक्रियाको औचित्यमै प्रश्न उठेकाले पनि प्रचण्ड कमरेडले आफ्नो कुरा राख्नुहुन्छ’, स्थायी कमिटी सदस्य मातृका यादव भन्छन् ।
तर, आफू माथि आरोप लगाइएको डकुमेन्ट फिर्ता हुने वा भाषा संशोधन गरिनुपर्ने ओलीको मागको भने सुनुवाइ नगर्नेमा प्रचण्ड पक्षमा अडिग देखिन्छ । यदि, यस्तो भए पार्टी विग्रहतर्फ जाने भएकाले पनि सचिवालयमै सहमति जुटाउनुपर्ने ओली पक्षको तर्क छ । ओली निकट नेता महेश बस्नेत साझा प्रस्ताव आउने सम्भावना अझै पनि देख्छन् । ‘केपी ओली, प्रचण्ड र माधव कमरेडहरुसँग हामीले कुराकानी गरिरहेका छौं । सहमतिको डकुमेन्ट ल्याउने प्रयास भइरहेको छ’, उनी भन्छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












