नेपाल प्रहरीको एआईजीमा पोखरेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त
काठमाडाैँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।
सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो ।
एआईजी बढुवा समितिमा गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ ।
३ मंसिरको मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । सोही थप गरेको एक दरबन्दीमा पोखरेल बढुवा सिफारिस भएका हुन् ।
उनी सिफारिस भएसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीपछि को आईजीपी हुने भन्ने करिब टुङ्गो लागेको छ । क्षेत्रीको कार्यकाल सकिन १८ महिना बाँकी छ ।
हालका तीन एआईजी पनि आईजीपी क्षेत्रीकै ब्याची भएका कारण उनीहरु सबै एकै चोटी अवकाशमा जानेछन् । त्यसमध्ये सोमबार सिफारिस भएका पोखरेल मात्रै बाँकी रहन्छन् ।
यसअघि तीन एआईजी रहेको नेपाल प्रहरीमा पोखरेल थप भएसँगै साधारण तर्फ चार र प्राविधिक गरेर पाँच एआईजी पुगेका छन् । डीआईजीको बढुवा पनि केही दिनमै अगाडि बढाउने गृह मन्त्रालयको तयारी छ ।
पोखरेलको अस्वभाविक छलाङ
एआईजीमा बढुवा सिफारिस भएका पोखरेलले अस्वाभाविक तरिकाले छलाङ मारेका छन् । एसएसपी बढुवादेखि नै आफ्ना ब्याची र आफूभन्दा एक ब्याच सिनियर अधिकृतलाई उछिन्दै बढुवा भएका पोखरेलले एआईजी बढुवामा पनि त्यसैलाई निरन्तरता दिँदै भावी आईजीपीको स्थान सुरक्षित गरेका हुन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












