नेपाल प्रहरीको एआईजीमा पोखरेल सिफारिश, महानिरीक्षक बन्न मार्गप्रशस्त
काठमाडाैँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल सिफारिस भएका छन् ।
सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो ।
एआईजी बढुवा समितिमा गृहसचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ ।
३ मंसिरको मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । सोही थप गरेको एक दरबन्दीमा पोखरेल बढुवा सिफारिस भएका हुन् ।
उनी सिफारिस भएसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीपछि को आईजीपी हुने भन्ने करिब टुङ्गो लागेको छ । क्षेत्रीको कार्यकाल सकिन १८ महिना बाँकी छ ।
हालका तीन एआईजी पनि आईजीपी क्षेत्रीकै ब्याची भएका कारण उनीहरु सबै एकै चोटी अवकाशमा जानेछन् । त्यसमध्ये सोमबार सिफारिस भएका पोखरेल मात्रै बाँकी रहन्छन् ।
यसअघि तीन एआईजी रहेको नेपाल प्रहरीमा पोखरेल थप भएसँगै साधारण तर्फ चार र प्राविधिक गरेर पाँच एआईजी पुगेका छन् । डीआईजीको बढुवा पनि केही दिनमै अगाडि बढाउने गृह मन्त्रालयको तयारी छ ।
पोखरेलको अस्वभाविक छलाङ
एआईजीमा बढुवा सिफारिस भएका पोखरेलले अस्वाभाविक तरिकाले छलाङ मारेका छन् । एसएसपी बढुवादेखि नै आफ्ना ब्याची र आफूभन्दा एक ब्याच सिनियर अधिकृतलाई उछिन्दै बढुवा भएका पोखरेलले एआईजी बढुवामा पनि त्यसैलाई निरन्तरता दिँदै भावी आईजीपीको स्थान सुरक्षित गरेका हुन् ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












