ओलीको असहमतिबीच यसरी भयो नेकपामा स्थायी कमिटी बैठकको निर्णय
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् ।
सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए ।
‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं,’ दाहालको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यही सचिवालयमा छलफल गरेर एउटा निष्कर्ष निकालौं न भन्ने पनि छ । तर त्यसो गर्नु उपयुक्त हुन्छजस्तो लाग्दैन । स्थायी कमिटी बैठकमा जाऔं । भोलि प्रस्ताव बाँडौं । त्यसपछि अध्ययन गर्न भनौं । त्यसपछि स्थायी कमिटीकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल गृहकार्य गरौंला ।’
दाहालको प्रस्तावमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाले दाहालको प्रस्तावमा सहमति जनाएका थिए ।
सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेरमात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफूले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको हो त भनेर प्रश्न गरेका थिए ।
त्यसपछि बोलेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठकको औचित्य नरहेको बताएका थिए । ‘प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त होइन । त्यसलाई फिर्ता लिनुपर्छ । यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ,’ शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने, ‘तपाईंहरुको तयारी पुगेको होला । पुगेको छ भने बैठक गर्नुस् । स्थायी कमिटीमा फेरि गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन ।’
ओली बोलेलगत्तै बोलेका वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए । सचिवालयका ती सदस्यका अनुसार नेपालको भनाई थियो, ‘तपाईंलाई अझै पनि म नै सुप्रिम भन्ने भ्रम छ । हामी सबै बराबर हौं । तपाईंका दास हैनौं । आफ्नो कुरामा आत्मालोचन गर्नुस् पहिला । अरुका कुरा पनि सुन्नुस् ।’
त्यसपछि अध्यक्ष दाहालले ओलीलाई जवाफ दिएका थिए । एक सदस्यका अनुसार दाहालको भनाई थियो, ‘स्थायी कमिटीमा रत्यौली खेल्न जाने हो ? स्थायी कमिटी परिपक्व छैन ? अब त्यहीं छलफल गर्नुपर्छ । सबै निकास त्यहीँबाट आउँछ ।’
त्यसपछि बोलेका सचिवालय सदस्य रामबहादुर थापाले तीन सदस्यीय कार्यदल बनाउन प्रस्ताव गरेका थिए । थापाले सचिवालय वा स्थायी कमिटीबाट कार्यदल बनाउँ भन्ने प्रस्ताव बहुमत सदस्यले अस्वीकार गरेको थियो । थापाको प्रस्तावमा पोखरेल र पौडेलले समर्थन गरेका थिए । महासचिव पौडेलले कार्यदलमा गौतमलाई बस्न प्रस्ताव गरेका थिए । गौतमले पौडेलको प्रस्ताव पनि अस्वीकार गरेको ती सदस्यले बताए
सचिवालयका अर्का एक सदस्यका अनुसार वरिष्ठ नेता खनालले गोरखापत्र ओलीको मुखपत्र भएको भन्दै प्रश्न उठाएका थिए । ‘गोरखापत्र अहिले केपी ओलीको मुखपत्र मात्रै हो ? त्यसो गर्न लाज लाग्दैन ? त्यस्तो बनाउन राज्यको आचारसंहिताले दिन्छ ?’ खनालको भनाई थियो ।
उपाध्यक्ष गौतमले त नामै तोकेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार हटाउन सुझाव दिएका थिए । ‘उनले तपाईंलाई बदनाम बनएका छन् । बडो प्रतिवाद गरेको होलान् भन्ने सोच्नु भएको होला तपाईंले । त्यसो गरी गरी तपाईंलाई सिध्याईदिन्छन्,’ गौतमको भनाई थियो । यसरी ओलीको असहमतिबीच सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरू स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइनेछ ।’
सचिवालय बैठक अगाडि अध्यक्षद्वयबीच भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यसअघि मंगलबार बसेको सचिवालय बैठकमा पनि ओलीको असहमतिबीच बुधबारका लागि बैठक तय भएको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












