ओलीको असहमतिबीच यसरी भयो नेकपामा स्थायी कमिटी बैठकको निर्णय
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् ।
सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए ।
‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं,’ दाहालको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यही सचिवालयमा छलफल गरेर एउटा निष्कर्ष निकालौं न भन्ने पनि छ । तर त्यसो गर्नु उपयुक्त हुन्छजस्तो लाग्दैन । स्थायी कमिटी बैठकमा जाऔं । भोलि प्रस्ताव बाँडौं । त्यसपछि अध्ययन गर्न भनौं । त्यसपछि स्थायी कमिटीकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल गृहकार्य गरौंला ।’
दाहालको प्रस्तावमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाले दाहालको प्रस्तावमा सहमति जनाएका थिए ।
सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेरमात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफूले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको हो त भनेर प्रश्न गरेका थिए ।
त्यसपछि बोलेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठकको औचित्य नरहेको बताएका थिए । ‘प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त होइन । त्यसलाई फिर्ता लिनुपर्छ । यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ,’ शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने, ‘तपाईंहरुको तयारी पुगेको होला । पुगेको छ भने बैठक गर्नुस् । स्थायी कमिटीमा फेरि गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन ।’
ओली बोलेलगत्तै बोलेका वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए । सचिवालयका ती सदस्यका अनुसार नेपालको भनाई थियो, ‘तपाईंलाई अझै पनि म नै सुप्रिम भन्ने भ्रम छ । हामी सबै बराबर हौं । तपाईंका दास हैनौं । आफ्नो कुरामा आत्मालोचन गर्नुस् पहिला । अरुका कुरा पनि सुन्नुस् ।’
त्यसपछि अध्यक्ष दाहालले ओलीलाई जवाफ दिएका थिए । एक सदस्यका अनुसार दाहालको भनाई थियो, ‘स्थायी कमिटीमा रत्यौली खेल्न जाने हो ? स्थायी कमिटी परिपक्व छैन ? अब त्यहीं छलफल गर्नुपर्छ । सबै निकास त्यहीँबाट आउँछ ।’
त्यसपछि बोलेका सचिवालय सदस्य रामबहादुर थापाले तीन सदस्यीय कार्यदल बनाउन प्रस्ताव गरेका थिए । थापाले सचिवालय वा स्थायी कमिटीबाट कार्यदल बनाउँ भन्ने प्रस्ताव बहुमत सदस्यले अस्वीकार गरेको थियो । थापाको प्रस्तावमा पोखरेल र पौडेलले समर्थन गरेका थिए । महासचिव पौडेलले कार्यदलमा गौतमलाई बस्न प्रस्ताव गरेका थिए । गौतमले पौडेलको प्रस्ताव पनि अस्वीकार गरेको ती सदस्यले बताए
सचिवालयका अर्का एक सदस्यका अनुसार वरिष्ठ नेता खनालले गोरखापत्र ओलीको मुखपत्र भएको भन्दै प्रश्न उठाएका थिए । ‘गोरखापत्र अहिले केपी ओलीको मुखपत्र मात्रै हो ? त्यसो गर्न लाज लाग्दैन ? त्यस्तो बनाउन राज्यको आचारसंहिताले दिन्छ ?’ खनालको भनाई थियो ।
उपाध्यक्ष गौतमले त नामै तोकेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार हटाउन सुझाव दिएका थिए । ‘उनले तपाईंलाई बदनाम बनएका छन् । बडो प्रतिवाद गरेको होलान् भन्ने सोच्नु भएको होला तपाईंले । त्यसो गरी गरी तपाईंलाई सिध्याईदिन्छन्,’ गौतमको भनाई थियो । यसरी ओलीको असहमतिबीच सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरू स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइनेछ ।’
सचिवालय बैठक अगाडि अध्यक्षद्वयबीच भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यसअघि मंगलबार बसेको सचिवालय बैठकमा पनि ओलीको असहमतिबीच बुधबारका लागि बैठक तय भएको थियो ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












