सचिवालयमा बामदेवको त्यो प्रश्न, यसरी उत्रिए सुर्य थापा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुध्द उत्रिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा गौतमको तस्बिर राख्दै को कस्तो भन्दै उनीविरुध्द उत्रिएका हुन् । डोरी नाघेर बाटो काट्दै गरेको पूरानो तस्बिर राख्दै थापले लेखेका छन् ‘को कस्तो ? तस्बिर काफी छ !’
आखिर थापाले पार्टीका उपाध्यक्ष गौतमबारे किन यस्तो लेखे त ? यसको अनेक अड्कबाजी भइरहेको छ । कतिपयले ओलीलाई समर्थन नगरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालतिर लागेकाले पनि गौतमविरुध्द थापा उत्रिएको भनिरहेका छन् । तर भन्नेले जे-जे भने पनि थापाको स्ट्याटसको चुरो कुरा बुझ्ने हो भने शनिबार (हिजो)को सचिवालय बैठकतिर फर्किनुपर्ने हुन्छ । हिजोको बैठकमा थापाले गौतमविरुध्द उत्रिनुपर्ने के भयो ?
सूर्य थापाले प्रधानमन्त्री र पार्टी दुवैलाई सिद्याउने भन्दै शनिबारको सचिवालय बैठकमा कारवाही गर्न माग गरेको एक सचिवालय सदस्यले इकागजलाई जानकारी थिए । ति सदस्यका अनुसार कार्यकारी अध्यक्ष र अन्य नेताहरुलाई गाली गर्ने थापाकव शक्ति कहाँबाट आयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।
‘सुर्य थापा भनेको को हो ? यसलाई तत्काल सचिवालयबाट हटाउनुस् । तपाइँलाई पनि सिद्याउँछ पार्टीलाई पनि सिद्याउँछ’ गौतमले सचिवालय बैठकमा भनेका थिए ‘यस्तो मान्छेले तपाईंलाई बनाउँछ भनेर राख्नु भएको होला थापा ध्वंस्तात्मक प्रवृतिको मान्छे हो । यसले न तपाईं बनाउँछ न पार्टीलाई बनाउँछ ।’ गौतमले बैठकमा प्रश्न गरेका थिए ‘यसको हैसियत के हो ? कार्यकारी अध्यक्ष र हामी जस्तो नेतालाई गाली गर्ने ? यो शक्ति कहाँबाट आयो ?’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












