नेपाल एयरलाइन्सलाई हङकङमा कारबाही, कोरोना रिपोर्ट पोजेटिभ भएका यात्रुलाई बोकेको आरोप
काठमाडौं । नेपाल वायुसेवा निगम कोरोना परीक्षणको रिपोर्टका कारण तनाबमा परेको छ ।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुहरुलाई विभिन्न गन्तव्यमा उडाउँदै आएको निगम हङकङ उडानले बढी समस्यामा परेको छ । नेपाल एयरलाइन्स चौथोपटक हङकङको कारबाहीमा परेको छ ।
अन्य गन्तव्य मुलुकहरुले पनि निगमलाई प्रतिबन्ध नै त लगाएका छैनन् तर चेतावनी भने दिएका छन् । एकपटक जापानको नारिता उडानको क्रममा नेपालबाट गएका केही यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । सोही कारण जापानले निगमलाई चेतावनी दिएको थियो ।
यस्तै दुबईले पनि चेतावनीस्वरुप निगमलाई पत्र लेखेको थियो । यी गन्तव्यमा निगमले नियमित उडान गरिरहेको छ । तर, हङकङ उडानमा भने पटकपटक प्रतिबन्धको सिकार नेपाल एयरलाइन्स भइरहेको छ ।
निगम पटकपटक कारबाहीमा परेपछि सरकारी अस्पतालबाट कोरोना परीक्षण गरेकालाई मात्रै सेवा दिने निर्णय गरेको थियो । तर, अहिले सरकारी अस्पतालबाटै कोरोना परीक्षण गरेका र रिपोर्ट ‘नेगेटिभ’ आएका यात्रुमा हङकङ पुगेपछि पनि पुनः परीक्षण गर्दा ‘पोजेटिभ’ आएको छ । सोही कारण निगम हङकङको प्रतिबन्धमा परेको हो ।
निगम प्रवक्ता करिश्मा श्रेष्ठले हङकङले चौथोपटक प्रतिबन्ध लगाएको बताइन् । उनका अनुसार हङकङले नेपाल एयरलाइन्सलाई मात्रै उडानमा प्रतिबन्ध लगाएको नभइ अन्य विमान कम्पनीलाई पनि सोहीअनुसार प्रतिबन्ध लगाउँदै आएको छ । तर, नेपालमा परीक्षण गर्दा आएको नेगेटिभ रिपोर्ट हङकङमा पुनः परीक्षण गर्दा पोजेटिभ आउँदा समस्या भएको उनले बताइन् ।
हङकङले एउटा उडानमा तीनजना यात्रुको रिपोर्ट पोजेटिभ देखियो भने चेतावनी दिन्छ तर प्रतिबन्ध लगाउँदैन ।
तर, दोस्रो उडानको समेत जोड्दा ५ वा ५ भन्दा बढी संख्या पुग्यो भने १५ दिन प्रतिबन्ध लगाउने गर्दछ । नेपाल एयरलाइन्सको हरेक उडानमा ५ जनाभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ । हङकङले ४ पटक गरी २ महिनासम्म नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
निगमले हाल दोहा, दुबई, क्वालालम्पुर, नारिता नियमित उडान गर्दै आएको छ । हङकङ पनि निमग नियमित उडान गन्तव्य हो । प्रवक्ता श्रेष्ठका अनुसार हङकङबाहेकका गन्तव्यमा पनि रिर्पोट पोजेटिभ नै आउने गरेको भए पनि प्रतिबन्ध लगाएका छैनन्, चेतावनी भने दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई हङकङकले नेपाल एयरलाइन्सलाई पटकपटक प्रतिबन्ध लगाएको विषयमा सम्बन्धित देशको राजदूतसँग कुरा गरिरहेको बताए ।
“सरकारी अस्पतालको रिपोर्टलाई मात्रै मान्यता दिइयो तर त्यसमा पनि कैफियता देखिएकाले यस विषयमा दूतावाससँग नियमित रुपमा कुरा भइरहेको छ तर उता (हङकङ) बाट निर्णय आइसकेको छैन,” उनले भने । कोरोना परीक्षण गरिसकेपछि यात्रु संयमित भएर नबसिदिँदा यस्तो समस्या आएको उनले बताए ।
उनले परीक्षण गर्ने मेसिनका कारण पनि रिपोर्ट फरक फरक आउन सक्ने बताए । “यहाँको मेसिनले एउटा र त्यहाँको मेसिनले अर्को देखाएको प्राविधिक कुरा पनि हुन सक्छन्,” भट्टराईले भने ।
यता, हिमालय एयरलाइन्सले भने अहिलेसम्म कुनै कारबाहीमा नपरेको जनाएको छ । हिमालय एयरलाइन्सले ५ वटा गन्तव्यमा उडान गरिरहेको छ । तर, उसको उडानमा अहिलेसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ अहिलेसम्मको उडानमा कुनै समस्या नआएको बताए ।
हिमालयले कतारको दोहा, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, चीनको चङचिङ, यूनाइटेड अबर इमिरेट्सको अबुधावीमा नियमित उडान गरिरहेको छ । श्रेष्ठका अनुसार गन्तव्य मुलुकहरुमा नेपालबाट जाने यात्रु निकै कम भए पनि उताबाट आउने यात्रुको संख्या भने राम्रै छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












