नेपाल एयरलाइन्सलाई हङकङमा कारबाही, कोरोना रिपोर्ट पोजेटिभ भएका यात्रुलाई बोकेको आरोप
काठमाडौं । नेपाल वायुसेवा निगम कोरोना परीक्षणको रिपोर्टका कारण तनाबमा परेको छ ।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुहरुलाई विभिन्न गन्तव्यमा उडाउँदै आएको निगम हङकङ उडानले बढी समस्यामा परेको छ । नेपाल एयरलाइन्स चौथोपटक हङकङको कारबाहीमा परेको छ ।
अन्य गन्तव्य मुलुकहरुले पनि निगमलाई प्रतिबन्ध नै त लगाएका छैनन् तर चेतावनी भने दिएका छन् । एकपटक जापानको नारिता उडानको क्रममा नेपालबाट गएका केही यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । सोही कारण जापानले निगमलाई चेतावनी दिएको थियो ।
यस्तै दुबईले पनि चेतावनीस्वरुप निगमलाई पत्र लेखेको थियो । यी गन्तव्यमा निगमले नियमित उडान गरिरहेको छ । तर, हङकङ उडानमा भने पटकपटक प्रतिबन्धको सिकार नेपाल एयरलाइन्स भइरहेको छ ।
निगम पटकपटक कारबाहीमा परेपछि सरकारी अस्पतालबाट कोरोना परीक्षण गरेकालाई मात्रै सेवा दिने निर्णय गरेको थियो । तर, अहिले सरकारी अस्पतालबाटै कोरोना परीक्षण गरेका र रिपोर्ट ‘नेगेटिभ’ आएका यात्रुमा हङकङ पुगेपछि पनि पुनः परीक्षण गर्दा ‘पोजेटिभ’ आएको छ । सोही कारण निगम हङकङको प्रतिबन्धमा परेको हो ।
निगम प्रवक्ता करिश्मा श्रेष्ठले हङकङले चौथोपटक प्रतिबन्ध लगाएको बताइन् । उनका अनुसार हङकङले नेपाल एयरलाइन्सलाई मात्रै उडानमा प्रतिबन्ध लगाएको नभइ अन्य विमान कम्पनीलाई पनि सोहीअनुसार प्रतिबन्ध लगाउँदै आएको छ । तर, नेपालमा परीक्षण गर्दा आएको नेगेटिभ रिपोर्ट हङकङमा पुनः परीक्षण गर्दा पोजेटिभ आउँदा समस्या भएको उनले बताइन् ।
हङकङले एउटा उडानमा तीनजना यात्रुको रिपोर्ट पोजेटिभ देखियो भने चेतावनी दिन्छ तर प्रतिबन्ध लगाउँदैन ।
तर, दोस्रो उडानको समेत जोड्दा ५ वा ५ भन्दा बढी संख्या पुग्यो भने १५ दिन प्रतिबन्ध लगाउने गर्दछ । नेपाल एयरलाइन्सको हरेक उडानमा ५ जनाभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ । हङकङले ४ पटक गरी २ महिनासम्म नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
निगमले हाल दोहा, दुबई, क्वालालम्पुर, नारिता नियमित उडान गर्दै आएको छ । हङकङ पनि निमग नियमित उडान गन्तव्य हो । प्रवक्ता श्रेष्ठका अनुसार हङकङबाहेकका गन्तव्यमा पनि रिर्पोट पोजेटिभ नै आउने गरेको भए पनि प्रतिबन्ध लगाएका छैनन्, चेतावनी भने दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई हङकङकले नेपाल एयरलाइन्सलाई पटकपटक प्रतिबन्ध लगाएको विषयमा सम्बन्धित देशको राजदूतसँग कुरा गरिरहेको बताए ।
“सरकारी अस्पतालको रिपोर्टलाई मात्रै मान्यता दिइयो तर त्यसमा पनि कैफियता देखिएकाले यस विषयमा दूतावाससँग नियमित रुपमा कुरा भइरहेको छ तर उता (हङकङ) बाट निर्णय आइसकेको छैन,” उनले भने । कोरोना परीक्षण गरिसकेपछि यात्रु संयमित भएर नबसिदिँदा यस्तो समस्या आएको उनले बताए ।
उनले परीक्षण गर्ने मेसिनका कारण पनि रिपोर्ट फरक फरक आउन सक्ने बताए । “यहाँको मेसिनले एउटा र त्यहाँको मेसिनले अर्को देखाएको प्राविधिक कुरा पनि हुन सक्छन्,” भट्टराईले भने ।
यता, हिमालय एयरलाइन्सले भने अहिलेसम्म कुनै कारबाहीमा नपरेको जनाएको छ । हिमालय एयरलाइन्सले ५ वटा गन्तव्यमा उडान गरिरहेको छ । तर, उसको उडानमा अहिलेसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ अहिलेसम्मको उडानमा कुनै समस्या नआएको बताए ।
हिमालयले कतारको दोहा, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, चीनको चङचिङ, यूनाइटेड अबर इमिरेट्सको अबुधावीमा नियमित उडान गरिरहेको छ । श्रेष्ठका अनुसार गन्तव्य मुलुकहरुमा नेपालबाट जाने यात्रु निकै कम भए पनि उताबाट आउने यात्रुको संख्या भने राम्रै छ ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












