नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने ईयूको संकेत,पर्यटनमन्त्री भन्छन् : चाँडै नतिजा आउँछ
काठमाडौं । नेपालको हवाई क्षेत्रमा लाग्दै आएको प्रतिबन्धलाई युरोपेली युनियन संघ (ईयू)ले हटाउने संकेत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसबारेमा जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै कालोसूचीबाट हटाउने प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
‘हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले नेपालमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको छ’, ईयुले सोमबार भनेको छ, ‘यसका लागि तीनवटा मापदण्ड कार्यन्वयनमा लैजानुपर्ने छ।’
त्यसका लागि पहिलो चरणमा ब्रसेल्समा प्राविधिक कमिटिको बैठक राखिने भएको छ। दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्ने भएका छन्। ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे-नगरेको हेर्ने भएका छन्।
नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस गरिने भएको छ। युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको छ।
पर्यटनमन्त्रीले यसो भने
ईयूको सकारात्मक संकेतपछि मन्त्री भट्टराईले खुसी व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ईयूले जारी गरेको विज्ञप्तिलाई सकारात्मक भन्दै चाँडै नतिजा आउने विश्वास व्यक्त गरेका छन्।
नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधार गरेकाले हवाई दुर्घटना घटिरहेको बताउँदै उनले ईयूको सकारात्मक विज्ञप्तिले थप उत्साह थपेको उनले जानकारी दिए।
उनले नेपाल वायुसेवा निगमले अस्ट्रेलियामा पनि सफल उडान गरिसकेकाले युरोपेली क्षेत्रमा पनि प्रतिबन्धित भइरहन जरुरी नहुने मान्यता आफूहरुको रहेको उल्लेख गरे।
ईयूको प्रतिबन्धका कारण नेपाली कम्पनीका कुनै पनि जहाजले युरोपमा उडान भर्न पाएका छैनन्। यो प्रतिबन्धका कारण नेपालले लामो समयदेखि ठूलो क्षति भोग्दै आउनुपरेको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












