नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने ईयूको संकेत,पर्यटनमन्त्री भन्छन् : चाँडै नतिजा आउँछ
काठमाडौं । नेपालको हवाई क्षेत्रमा लाग्दै आएको प्रतिबन्धलाई युरोपेली युनियन संघ (ईयू)ले हटाउने संकेत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसबारेमा जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै कालोसूचीबाट हटाउने प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
‘हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले नेपालमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको छ’, ईयुले सोमबार भनेको छ, ‘यसका लागि तीनवटा मापदण्ड कार्यन्वयनमा लैजानुपर्ने छ।’
त्यसका लागि पहिलो चरणमा ब्रसेल्समा प्राविधिक कमिटिको बैठक राखिने भएको छ। दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्ने भएका छन्। ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे-नगरेको हेर्ने भएका छन्।
नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस गरिने भएको छ। युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको छ।
पर्यटनमन्त्रीले यसो भने
ईयूको सकारात्मक संकेतपछि मन्त्री भट्टराईले खुसी व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ईयूले जारी गरेको विज्ञप्तिलाई सकारात्मक भन्दै चाँडै नतिजा आउने विश्वास व्यक्त गरेका छन्।
नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधार गरेकाले हवाई दुर्घटना घटिरहेको बताउँदै उनले ईयूको सकारात्मक विज्ञप्तिले थप उत्साह थपेको उनले जानकारी दिए।
उनले नेपाल वायुसेवा निगमले अस्ट्रेलियामा पनि सफल उडान गरिसकेकाले युरोपेली क्षेत्रमा पनि प्रतिबन्धित भइरहन जरुरी नहुने मान्यता आफूहरुको रहेको उल्लेख गरे।
ईयूको प्रतिबन्धका कारण नेपाली कम्पनीका कुनै पनि जहाजले युरोपमा उडान भर्न पाएका छैनन्। यो प्रतिबन्धका कारण नेपालले लामो समयदेखि ठूलो क्षति भोग्दै आउनुपरेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












