‘सरकारले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भयो’: नेता नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले किसानका उत्पादन बेच्ने जिम्मा लिएमा व्यवसायिक कृषि उत्पादनतर्फ युवाहरुको आकर्षण बढ्ने बताए।
‘यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास लिएको छु’, उनले भने, ‘राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको छ।’
नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए। नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि उनले बताए।
साना तथा घरेलु उद्यमीहरूलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उनले बताएका छन्। कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिएका छन्।
नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरूलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनले बताए। यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना बढाउन सरकारले भूमिका खेल्नुपर्ने पनि उनले जोड दिए।
नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए। नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्द्धनमा जोड दिनुपर्ने पनि उनले बताए।
जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा पनि वरिष्ठ नेता नेपालले जोड दिएका छन्।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












