नेकपा प्रवक्ता श्रेष्ठको ठगी धन्दा, सहयोद्धा लामामाथी घात
कुरा एउटा, व्यवहार अर्को
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पूर्व राजदुत कमानसिङ लामाको दुखद निधनसंगै नेकपाका प्रवक्ताको ठगी प्रकरण सार्वजनिक भएको छ ।
प्रवक्ता श्रेष्ट र उनको सहयोगी सुमन ले जनप्रिय नेता कमानसिङ लामालाई आर्थिक कारोबारको लेनदेनमा बार्वाद पारेको तथ्य सार्वजनिक भएको छ ।
सधै आफुलाई इमान्दार, देशप्रेमी,पारदर्शी व्यवहार गर्ने नेताका रुपमा सांसदको भत्ता पनि नलिने नाटक गरेका प्रवक्ता श्रेष्ट व्यक्तिगत जीवन साह्रै अपारदर्शी ठगी, असुली र अनैतिक देखिएकाले तत्काल राष्ट्रियसभा सदस्यबाट र नेकपा सचिवालय, स्थायी समिती र प्रवक्ता पदबाट निलम्बित गरि निष्पक्ष छानबिनको माग भएको छ ।
आफ्नो जिम्मेवारी र पदको बचाउका लागी प्रवक्ता श्रेष्ठ खुमलटारमा अनुनय, विनय गदैृ पदको भिख मागी रहेका छन । पुर्व सांसद लामाको निधन हुनु भन्दा केही दिन अघि फेसबुकमा लामो स्टाटस लेखदै् भनेका थिए-” नेकपा प्रवक्ता श्रेष्ठले आफुलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको” स्ट्याटसमा प्रष्ट लेखेका छन ।
श्रेष्ठबिरुद्ध केन्द्रीय सचिवालयमै लिखित उजुरी दर्ता भएको तथ्य बाहिर आएको छ । कोरोनाका कारण जीवन गुमाउनु भएका नेकपाकै केन्द्रीय सदस्य तथा पूर्वराजदुत कमानसिंह लामाले स्थायी कमिटी बैठक चलिरहेकै बेला गत भदौंमा प्रवक्ता श्रेष्ठले श्रीमतीलाई समेत आफ्नो बसमा पारेर आफ्नो जीवन नै बर्वाद पारेको र करोडौं रुपैया खाइदिएको भन्दै उजुरी दिनुभएको हो ।
नेकपा सचिवालय स्रोतका अनुसार लामाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरी सचिवालयका सदस्यलाई बोधार्थ दिनुभएको महासचिव बिष्णु पौडेलमार्फत उजुरी दिनुभएको हो । ‘महासचिवमार्फत पार्टीमै उजुरी दर्ता गराइएको थियो, तर कुनै सुनुवाई भएन, प्रवक्ताको हैसियतमा उहाँले उजुरी नै दवाउनु भयो,’ लामा परिवारका एक सदस्यले भने, ‘नारायणकाजीबिरुद्ध अदालतमै मुद्दा दता गर्नुपर्ने अवस्था आएको र श्रीमतीलाई समेत बिभिन्न प्रभावका पारेर उल्टै धम्क्याउन थालेकाले उहाँ (कमानसिंह) मुद्दाको तयारीमा रहेकै बेला बित्नुभयो, नारायणकाजी जस्तो चरित्रहीन र पतित नेताको फेला कोही नपरोस भन्नुहुन्थ्यो ।’
परिवारका सदस्यहरुका अनुसार श्रेष्ठले आफ्नो सम्पुर्ण गैरकानूनी कारोवार सचिवालयका प्रमुख सुशन कर्माचार्यमार्फत गर्ने गर्नुभएको थियो । ‘सवै काम सचिवालयकी महिला सुसनमार्फत गर्ने गरेको र पछि आफ्नी श्रीमतीसमेतलाई सोही चक्रब्यूहमा फसाएको लामाको भनाई थियो । पार्टीमा दिएको उजुरीमा लामाले प्रवक्ता श्रेष्ठले आफ्ना सचिवालयकी महिला मित्र (स्वकीय सचिव) सुशन कर्माचार्यमार्फत आफ्नो करोडौं रकम खाइदिएको र सो क्रममा मिलाउने आश्वासन दिएर उल्टै थप पीडा दिएको उल्लेख गरेको स्रोतले बतायो ।
नारायणकाजीको अत्याचार र नैतिक पतनबारे कमानसिंहले उजुरीमा लेखेको शब्द उधृत गर्दै स्रोतले भन्यो, ‘यति आडम्बरी, यति ढोंगी र पाखण्डी मान्छे कोही छैन, मेरो घरवार बर्वाद बनाइदिए, मेरो पैसा पनि खाए, स्वास्नी पनि पराई बनाए ।’ लामाले श्रेष्ठले गरेको अपराधको फेहरिस्त राख्दै कडा कार्वाहीको मागसमेत गर्नुभएको स्रोतले बतायो । श्रेष्ठबिरुद्धको उजुरी सामसुम पार्न अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल निकै जोडबलका साथ लागेको कारण कुनै सुनुवाई हुन नसकेको सचिवालयकै एक सदस्यले लाई बताए । ‘नारायणकाजीबिरुद्धको उजुरीबारे कुरा सुन्नसमेत प्रचण्ड र माधव नेपाल तयार हुनुभएन, जस्को कारण पार्टीको एउटा इमान्दार सिपाही र नेतामाथि भएको ज्याद्धतीसँगै पदको आडमा रचिएको नैतिक पतनको बिषय गुपचुप नै रह्यो,’ ती सदस्यले भने ।
पार्टीमा उजुरी दिएको बिषयमा लामाले नेकपाकै केही अन्य नेताहरुलाई जानकारी गराउनु भएको थियो । ‘यति नैतिकहीन र दब्यपिचास मानिस मैले जीवनमै देखेको थिईन, सवै काम ब्यवसाय सुशनमार्फत गर्ने र सवै खर्च पनि सुशन नेतृत्वको त्यही सचिवालयले नै जुटाउने गर्दा रहेछन, आदर्शको ढोग रचेर नारायणकाजीले मेरो जीवन नै बर्वाद पारिदिए,’ लामाले भन्ने गर्नुभएको थियो । असाध्यै हसिला र हक्की स्वभावका लामा कोरोनाका कारण बुधवार राती बित्नुभयो । तर नाराणकाजीलाई अनैतिक आचारणको अभियोगमा कारवाही गर्नुपर्छ भनेर उहाँले भदौंमा पार्टी सचिवालयमा दिनुभएको निवेदनबारे अझै नेकपा बोलेको छैन । स्रोतका अनुसार कमानसिंहले प्रमाण स्वरुप केही भिडियो पनि सचिवालयमा दिनुभएको थियो । जस्मा श्रेष्ठ कम्युनिष्ट पार्टीको सदस्य हुनसमेत लायक नरहेकोले सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरी साधारण सदस्यसमेत खोस्नुपर्ने माग गरिएको छ ।
नारायणकाजीले दुई करोड ५० लाख रुपैयाँ खाएको कमानसिंहले आरोप लगाउनुभएको छ । पैसासँग श्रेष्ठले श्रीमतीसमेत आफ्नै प्रभावमा पारेको आरोप पनि उहाँको छ । नारायणकाजीका कारण जीवन नै अप्ठेरोमा फसेपछि कमानसिंहले त्यसको संकेत स्वरुप फेसबुकमा पनि केही लेख्नुभएको थियो । उहाँले २५ सेप्टेम्बरमा फेसबुकमा लेख्नुभएको थियो, ‘राति नसुतेको २ महिना भयो । फटाहा विरोधी आन्दोलनको ५० वर्ष पछि पनि अहिले महान जालीफटाहरुसँगको युद्धले नींद हराम भएको छ ।’ कमानसिंहले जालीफटाहा भनेर कसलाई संकेत गर्नुभएको हो भन्ने अनुमान सहजै गर्न सकिन्छ । त्यसैगरी उहाँले २ सेप्टेम्बरमा लेख्नुभएको थियो, ‘निष्ठाको सम्बन्धमा निष्ठामै खेलेर धोका दिए प्रमुख शत्रुको रुपमा परिणत हुने सम्भावना बढी हुन्छ ।’
कोरोना संक्रमित भएर अस्पताल भर्ना भएपछि उहाँले मृत्युको ६ दिन अघि लेख्नुभएको थियो, ‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ उनले आफ्नो फेसबुक स्ट्याटसमा आफ्नी कान्छी श्रीमतीलाई श्रेष्ठले युरोप घुमाउन लगेको भन्दै नैतिक पतनको गम्भीर प्रश्न पनि उठाउनु भएको छ ।
यस्तो छ, लामाले लेखेको हृदयविदारक स्टाटस
आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’
प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ । तर त्यो आज याम्बालिङरूपी बर्मुडा ट्रयाङगलमा फसेको छ । तिमी यसलाई सामान्य लोग्ने–स्वास्नीको झगडाका रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन’ छ्या कति कुरूप सिलाबरको डेक्ची कुचिएको कुरूप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू !!
प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन, मैले शिरमा राखेको थिएँ । ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस, तिम्रा जालझेल खेती सप्रेको नै छ, सादा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं, त्यो कतिको सहज लाग्छ, कुन्नी मलाई त हाँडीघोप्टेजस्तो लाग्छ !
ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ ! सोह्रखुट्टे पार्टीको भित्तामा गाईको गोबरले डलर टाँसेर झिलीमिली बनाएछ ! हाँडीमा खिचडी बसाएर दुई बूढाबूढी गीत गाएर चिबसेको खोज्दै जाने प्रहरी र टुरिस्टले भेटेछ ! यही केसले हाँडीघोप्टेको लोग्ने स्वास्नीको युरोप अमेरिकाको यात्रा भयो ।
हाम्रा महान् पा.का महान् साधुसन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ । थुइ..क्क जालीफटाहा द्रव्य पिशाच !
प्रिय मेरी, प्रिय हाम्रो प्रेम बर्मुडा ट्र्याङ्गलमा फस्यो प्रिय !
१. मेरो DIGNITY स्वाभिमानको ट्र्याङ्गल
२. चल अचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति
३. हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य/मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू
यो हो हाम्रो बीचको अहिलेको बर्मुडाको ट्र्याङ्गल !!!
याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें । तर मेरो स्वाभिमानप्रति खेलबाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ ।
बरमुडा ट्र्याङगल त्यो त्रासदीपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन ।
तर यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुद्र थियो ।
हामी बसेको भूभाग गोण्डावना ल्यान्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो ।
त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे । एक्कासि गोण्डावना ल्यान्ड दक्षिणी ध्रुवसँग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फुटाएको जस्तो फुट्यो ।
पृथ्वी दुई भागमा बाँडियो । उत्तरी गोला पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्यान्ड !
यही घटनामा भूमध्यरेखीय क्षेत्रमा बर्मुडा ट्रयाङ्गल बन्यो । त्यो आजपर्यन्त अभेद्य छ ।
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।
प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरू अधुरा नै रहने भए ।
राजनीतिक सपना राजनीतिक नेताहरूले गोलखाडी पुर्याइहाले । के कुरा गर्ने !
तिमी म दुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने, विश्वका आठैवटा आश्चर्यको रस्वास्वादन गर्ने !
माचिपिच्युमा पुरानो पोर्तुगिज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडिदियौ !
मध्यरातमा घाम झुल्किएको फिन्ल्यान्ड, नर्बेबाट रस्वास्वदन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो !
ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने ! उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो !
मानव विकासक्रमको २४ लाख वर्षको इतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङ म्यान, लान्तियान म्यान, वुसान म्यानले गरेका उपलब्धि र आआदिबारे अलि सूक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिकरूपमै उपस्थित भएर अध्ययन गर्ने !
दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरूले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्यचकित हुने हाम्रा प्रागकालीन पुर्खाको पौरख र सीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो !
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन/भ्रमणका रूपमा डुल्ने योजना थियो, त्यो अधुरै रह्यो !
प्रिय, म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे म अरूले भने मृत्यु शैय्याबाट भन्थे होला, तर म भन्दिनँ ! कोभिडसँग पौंठेजोरी खेल्दै छु !! सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !
यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरा निम्ति कहिलेलाई चाहियो ?
यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय, गरिखान मनग्य गरिदिएको छु ! बाँकी जीवन मोज गर ! मैले पूरा गर्न नसकेका अधुरा काम अरूसँगै पूरा गर ! आठै आश्चर्य हेर्ने/घुम्ने भोक मैले नै जगाइसकेको छु तिमीलाई, सक्षम पनि छौ ! लौ बधाई प्रिय !
२८/३० वर्ष तिमी साथै यो ६/७ महिनाबाहेक ज्यादै सुखद नै रह्यो ! यो ६/७ महिनाले मलाई गलायो, किनकि मैले तिम्रो मायामा विश्वासघात पाएँ !
मेरो सेयरको करिब २ वर्षको साँवा–ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो ! उसले पैसा नदिए सीधै मसँग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !
प्रिय, यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय !!!
कुनै माध्यमले काम नगरेपछि बडो शरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय ! यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












