सभापति देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका छन्।
शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेर फर्किएका देउवाले शनिबार बिहान १० बजे केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठक पार्टी कार्यलयमा बस्नेछ।
‘हिजो सभापतिज्युले संवैधानिक निकायका नियुक्तिको पाटो अब सल्टाउनुपर्यो भनेर बोलाउनु भएको थियो,’ कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘हामीले पनि यस विषयमा पटक-पटक दबाब दिइरहेकोले यसपटक भने टुङ्ग्याउनै पर्छ भन्यौँ।’
छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएकाले पार्टी भित्रैबाट असहयोग हुने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेको देउवाको सचिवालयले जनाएको छ।
‘नेकपाभित्रको विवादका कारण संवैधानिक निकायमा नियुक्तिका विषयमा असहयोग हुने भन्दै सहयोग गर्न सभापति ज्यूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो,’ देउवाको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले सहयोग गर्न भनेपछि सभापतिज्युले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय दिउँला भनेर निस्किनु भएको हो।’
प्रधानमन्त्री ओलीले नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डसँग परामर्श नगरी भोली आइतबार बिहान ९ बजेको लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्। देउवाले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको भेटमा भोलि शनिबार नै केन्द्रीय समितिको बैठक राखेर केही निर्णय सुनाउने प्रतिवद्धता गरेका थिए।
यता नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने पार्टीका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधनको शोक प्रस्ताव पेश गर्नका लागि आकस्मिक बैठक बस्न लागेको जानकारी दिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












