सभापति देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका छन्।
शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेर फर्किएका देउवाले शनिबार बिहान १० बजे केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बैठक पार्टी कार्यलयमा बस्नेछ।
‘हिजो सभापतिज्युले संवैधानिक निकायका नियुक्तिको पाटो अब सल्टाउनुपर्यो भनेर बोलाउनु भएको थियो,’ कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘हामीले पनि यस विषयमा पटक-पटक दबाब दिइरहेकोले यसपटक भने टुङ्ग्याउनै पर्छ भन्यौँ।’
छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएकाले पार्टी भित्रैबाट असहयोग हुने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेको देउवाको सचिवालयले जनाएको छ।
‘नेकपाभित्रको विवादका कारण संवैधानिक निकायमा नियुक्तिका विषयमा असहयोग हुने भन्दै सहयोग गर्न सभापति ज्यूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो,’ देउवाको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले सहयोग गर्न भनेपछि सभापतिज्युले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय दिउँला भनेर निस्किनु भएको हो।’
प्रधानमन्त्री ओलीले नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डसँग परामर्श नगरी भोली आइतबार बिहान ९ बजेको लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्। देउवाले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको भेटमा भोलि शनिबार नै केन्द्रीय समितिको बैठक राखेर केही निर्णय सुनाउने प्रतिवद्धता गरेका थिए।
यता नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने पार्टीका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधनको शोक प्रस्ताव पेश गर्नका लागि आकस्मिक बैठक बस्न लागेको जानकारी दिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












