फुट्दैमा पार्टी सकिँदैन, तर हामी बचाउन लाग्नुपर्छ : प्रचण्ड-माधव समूह
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहले फुट्दैमा पार्टी नसकिने तर बचाउनेतर्फ आफूहरू केन्द्रित हुने बताएका छन् ।
पेरिसडाँडामा भएको भेलामा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले यो धारणा राखेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संघर्षले पार्टीलाई रूपान्तरण गर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी गम्भीर मोडमा आइपुगेकाले पार्टी एकता बचाउनुपर्ने र त्यसतर्फ नै केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी विभाजनको स्थितिसम्म आइपुगेको छ । हामीसँग पार्टीलाई रूपान्तरण गर्नुपर्ने चुनौती छ । यो संघर्ष रूपान्तरणका लागि हो । फुटको चिन्ता नगरी पार्टीलाई रूपान्तरणको दिशातर्फ उन्मुख गराऔँ,’ प्रचण्डले बैठकमा भने ।
यस्तै, वरिष्ठ नेता खनालले पार्टी फुट्दैमा केही असर नपर्ने भए पनि पार्टी जोगाउन सबै केन्द्रित हुनुपर्ने बताए । ‘पश्चिम बंगालमा पनि फुटको कारण कम्युनिस्टलाई कुनै असर परेन सोभियत संघमा पनि त्यही अवस्था थियो । एकीकृत भएर बदनाम हुँदा बरु असर पर्छ तर हामी पार्टी एकता जोगाएरै रूपान्तरणको दिशामा अघि बढ्नुपर्छ,’ खनालले बैठकमा भने ।
बैठकमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले विधि र प्रक्रियाअनुसार पार्टी चल्नुपर्छभन्दा पार्टीभित्र अन्तरसंघर्ष बढेको बताए । यो अन्तरसंघर्षले फुटलाई भन्दा पनि रूपान्तरणलाई निम्तो दिएको उनको भनाइ थियो । ‘अहिलेको अन्तरसंघर्ष भनेको रूपान्तरणका लागि हो । फुटका लागि होइन विधि र प्रणाली मजबुत भए मात्रै पार्टी मजबुत हुन्छ । पार्टीमा व्यक्ति प्रधान हुँदैन,’ नेता नेपालले भने ।
एकीकृत रहेर बलियो हुँदासमेत बदनाम भएका कारण जनताका बीचमा जान सक्ने स्थिति नभएको नेताहरूको भनाइ थियो । आफूहरू पार्टी एकताको पक्षमै रहेको सन्देश उनीहरूले कार्यकर्तालाई दिएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












