फुट्दैमा पार्टी सकिँदैन, तर हामी बचाउन लाग्नुपर्छ : प्रचण्ड-माधव समूह
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव समूहले फुट्दैमा पार्टी नसकिने तर बचाउनेतर्फ आफूहरू केन्द्रित हुने बताएका छन् ।
पेरिसडाँडामा भएको भेलामा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले यो धारणा राखेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको संघर्षले पार्टीलाई रूपान्तरण गर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी गम्भीर मोडमा आइपुगेकाले पार्टी एकता बचाउनुपर्ने र त्यसतर्फ नै केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘अध्यक्ष ओलीको असहिष्णुताका कारण पार्टी विभाजनको स्थितिसम्म आइपुगेको छ । हामीसँग पार्टीलाई रूपान्तरण गर्नुपर्ने चुनौती छ । यो संघर्ष रूपान्तरणका लागि हो । फुटको चिन्ता नगरी पार्टीलाई रूपान्तरणको दिशातर्फ उन्मुख गराऔँ,’ प्रचण्डले बैठकमा भने ।
यस्तै, वरिष्ठ नेता खनालले पार्टी फुट्दैमा केही असर नपर्ने भए पनि पार्टी जोगाउन सबै केन्द्रित हुनुपर्ने बताए । ‘पश्चिम बंगालमा पनि फुटको कारण कम्युनिस्टलाई कुनै असर परेन सोभियत संघमा पनि त्यही अवस्था थियो । एकीकृत भएर बदनाम हुँदा बरु असर पर्छ तर हामी पार्टी एकता जोगाएरै रूपान्तरणको दिशामा अघि बढ्नुपर्छ,’ खनालले बैठकमा भने ।
बैठकमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले विधि र प्रक्रियाअनुसार पार्टी चल्नुपर्छभन्दा पार्टीभित्र अन्तरसंघर्ष बढेको बताए । यो अन्तरसंघर्षले फुटलाई भन्दा पनि रूपान्तरणलाई निम्तो दिएको उनको भनाइ थियो । ‘अहिलेको अन्तरसंघर्ष भनेको रूपान्तरणका लागि हो । फुटका लागि होइन विधि र प्रणाली मजबुत भए मात्रै पार्टी मजबुत हुन्छ । पार्टीमा व्यक्ति प्रधान हुँदैन,’ नेता नेपालले भने ।
एकीकृत रहेर बलियो हुँदासमेत बदनाम भएका कारण जनताका बीचमा जान सक्ने स्थिति नभएको नेताहरूको भनाइ थियो । आफूहरू पार्टी एकताको पक्षमै रहेको सन्देश उनीहरूले कार्यकर्तालाई दिएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












