‘भारत जस्तो चीनले नेपालमा हस्तक्षेप गर्दैन, एउटै चाहना स्थायी सरकार हो’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गिर्दो अवस्था र आन्तरिक कहलका कारण संसद विघटन भएको घटनापछि चीनले आफूलाई नेपालको राजनीतिक घटनाक्रमबाट पर रहेको देखाउन खोजेको छ ।
ग्लोबल टाइम्सले भनेको छ ‘चीनले नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको दखल दिएको छैन र दिने छैन ।’ यस्तै अरु कुनै देशको मामिलामा पनि चीनले दखल नदिने पत्रिकाले उल्लेख गरेको छ ।
पत्रिका लेखिएको छ, ‘पक्कै पनि, चीनको आशा छ कि नेपालले चाँडो परिवर्तन नहुने स्थायी सरकार पाउने छ, जसबाट सबैलाई राम्रो हुनेछ । स्थायी सरकारको सकारात्मक प्रभाव चीन–नेपाल सम्बन्धमा पनि पर्ने छ ।’
अघि लेखिएको छ, ‘वास्तवमा भन्दा नेपालमा सत्तारुढ पार्टी यो होस् भन्ने चीनको चाहना छैन, मात्रै चाहन्छ कि नेपालमा स्थायी सरकार होस् ।’
ग्लोबल टाइम्सले नेपालमा सत्तारुढ पार्टीमा आएको दरारले राजनीतिक स्थायित्वलाई छायामा पारेको उल्लेख गरेको छ ।
‘चीनले नेपालका कुनै पनि सत्तारुढ पार्टीमाथि दबाब, सहायता वा कुनै कुराका लागि बाध्य पारेको छैन ।’
पत्रिकाले नेपालमा भारतले भने दबाब दिँदै आएको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपाललाई दबाब दिने भारत हो, उसले नाकाबन्दीसहितका उपायहरु मार्फत नेपालमाथि दबाब बनाएको थियो ।’
‘चीनले खेलेको सहकार्यात्मक भूमिकालाई नेपालको आन्तरिक मामिलामा दिइएको दखलका रुपमा व्याख्या गरिनु हुँदैन । भारतले चीनमाथि लगाउँदै आएको दखलको आरोप आधारहिन छ ।’
भारतीय सञ्चारमाध्यमहरुले बारम्बार नेपाल–चीन सम्बन्धलाई उत्तेजित पार्ने प्रयास गर्ने गरेको ग्लोबल टाइम्सले आरोप लगाएको छ । अहिले पनि त्यस्तै गरिरहेको, तर त्यसले कुनै पनि ठूलो छाल भने नल्याएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उसले लेखेको छ, ‘चीनसँगको सहकार्यको महत्व नेपालका राजनीतिज्ञले राम्रोसँग बुझेका छन् । केही भारतीय सञ्चारमाध्यमबाट भइरहेको युद्धाभ्यास असफल हुने छ ।’
यसअघि पनि ग्लोबल टाइम्सले नेपाल–सीमाको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले नेपाली कांग्रेसको सहयोगमा चीन विरोधी सामग्री प्रकाशित तथा प्रशारित गरेको अभियोग लगाएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












