नेपालको राजनीतिक सङ्कटबीच चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको भ्रमणले के सङ्केत गर्छ
काठमाडाैँ । सङ्घीय संसद्को तल्लो सदन विघटन गरिएपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ एक चिनियाँ प्रतिनिधिमण्डल आज काठमाण्डाैँ उत्रिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशक सहितको प्रतिनिधिमण्डलले चारदिने भ्रमणमा पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेट्ने निश्चित भइसकेको छ।
नेकपाको प्रचण्ड-नेपाल समूहका विष्णु रिजालले भने: “यो भ्रमणको तय नेपालमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएपछि भएको हो।”
चिनियाँ टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गर्ने वा नगर्ने अझै स्पष्ट भएको छैन। ओलीका प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफूहरूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन्।
चीनमा पार्टीले नै सरकार चलाउने भएकाले सीपीसीको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ।
भ्रमणको अर्थ
नेपाली काङ्ग्रेसका नेता समेत रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायले ‘नेपाल अदृश्य सङ्कटको बाटोमा गइसकेको’ भन्दै त्यस्तो बेला विदेशी शक्तिहरूले आफ्नो स्वार्थ सुरक्षित गर्ने प्रयास गर्नुलाई अस्वाभाविक ठान्दैनन्।
“दक्षिणतर्फ खुला सीमा छ र उत्तरलाई तिब्बतको संवेदनशीलताको चिन्ता छ। त्यसमाथि बदलिएको विश्व परिदृश्यमा दुवैले आफ्नो सुरक्षा चासो त हेर्छन् नै,” पूर्वराजदूत उपाध्यायले बीबीसीलाई भने।
“समस्या हामीले निम्त्याएको हो। हामीले अनुमति दिएरै विदेशीहरू आउने हुन्। नेपाल आफैले आफ्नो गन्तव्य तय गर्ने विषयमा फेरि पनि चुक्दै छ।”
उपाध्यायले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक सङ्केत रहेको ठान्छन्।
“नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन। र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू बढाउँछ।”
चीनले के चाहेको छ?
चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो।
नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ।
यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले ‘अनुभव आदानप्रदान’को रूपमा अर्थ्याउने गरेका थिए।
चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको ठान्छन्।
“बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न सीपीसीको टोली आएको हुनसक्छ,” भट्टराई भन्छन्।
“कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास चीनले गर्न सक्छ।”
भूराजनीतिक प्रतिस्पर्धा
संसद् विघटन भएपछि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेटेकी थिइन्।
पार्टीमा सङ्कट देखा परेको यसअघिका अवस्थामा समेत राजदूतले प्रधानमन्त्री र अन्य नेताहरूसँग गर्ने भेटघाटलाई पार्टी एकतामा चीनको जोड रहेको रूपमा हेर्ने गरिन्थ्यो।
यो भ्रमणको समय र सन्दर्भलाई राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले नेपालको राजनीतिमा ‘चिनियाँहरू प्रत्यक्ष रूपमा संलग्न रहेको’ देखाउने ठान्छन्।
“हिजो एउटा मात्र देशको हस्तक्षेप थियो भने आज दुई वटाकै भएको छ। चीन र भारत दुवैको नेपाली समाजमा गहिरो प्रभाव छ। त्यसमै देशहरू खेल्न थाले भने नेपाली समाज नै विभाजित हुने जोखिम छ,” प्राध्यापक खनाल भन्छन्।
“अति संवेदनशील भूमानचित्रमा रहेको हामीमा दुइटा छिमेकीले प्रतिस्पर्धा गर्दा यहाँ धेरै कुरा विभाजित हुनसक्छ। त्यसले अफ्रिकी मुलुकहरूमा जस्तो द्वन्द्वको अवस्था सिर्जना नहोला भन्न सकिन्न।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












